सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

यस ट्याबमा ७ इन्चको डब्लुएक्सजीए (१२८०ह्८०० पिक्सल) डिस्प्ले, १.५ गिगाहट्र्ज क्वाडकोर प्रोसेसर छ । ट्याबमा १.५ जीबी र्याम र ८ जीबी हार्ड डिक्स तथा माइक्रोएस्डी कार्डको दुई सय जीबीसम्म बढाइन पाइने छ ।

सामसुङले बिहीबार भारतमा नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ । उक्त ट्याब कम्पनीको सबैभन्दा टिकाउमध्ये एक हुने बताइएको छ ।

ग्यालेक्सी ए७ ट्याबलेट २३ जनवरीदेखि भारतीय बजारमा उपलब्ध हुने जनाइएको छ । यसको खुद्रा मूल्य ७ हजार पाँच सय भारतीय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले भनेको छ– ट्याबलेटमा नयाँ डिजाइन, सुपरियर डिस्प्ले तथा धेरै टिकाउ ब्याट्री छ ।

यस ट्याबमा ७ इन्चको डब्लुएक्सजीए (१२८०ह्८०० पिक्सल) डिस्प्ले, १.५ गिगाहट्र्ज क्वाडकोर प्रोसेसर छ । ट्याबमा १.५ जीबी र्याम र ८ जीबी हार्ड डिक्स तथा माइक्रोएस्डी कार्डको दुई सय जीबीसम्म बढाइन पाइने छ । ट्याबमा ५ मेगापिक्सल अटोफोकस रियर क्यामेरा र दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । साथै ट्याबमा वाइफाई ८०२.११ बीजीएन, डाइरेक्ट वाईफाई, ब्लुटुथ ४.०, जीपीएस, ग्लोनस, भीओएलटीई, तथा एफएम रेडियो जस्ता फिचर छन् । ट्याबमा एक्सिलेरोमिटर पनि राखिएको छ ।

ट्याबमा ४ हजार एमएएचको ब्याट्री छ, जसले नौ घण्टासम्म भिडियो हेर्न तथा अन्य काम गर्न सकिन्छ । यस ट्याबमा किड्स मोड स्टाइल समेत छ । खासमा बालबालिकाहरुले शैक्षिक ज्ञान लिनसक्ने गरी यसको डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ ।