५ करोड रुपैयाँ लगानीकाे स्काइजोन ब्याङ्केट सञ्चालनमा

सुवास खड्का, विष्णु भण्डारी, चित्र कुइँकेल र गोविन्द कट्वालको साझेदारीमा विभिन्न पेसा व्यवसायसँग संलग्न व्यक्तिहरुले सुरु गरेको ब्याङकेट स्काइ जोन रेस्टुराँ एन्ड ब्याङकेट सामाखुसीको पहिलो फ्रेन्चाइजी हो ।

काठमाडौं । स्काइजोन रेस्टुराँ एन्ड ब्याङकेट औपचारिक रूपमा सञ्चालन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित साे ब्याङकेट सञ्चालन भएको करिब एक महिना भए पनि शुक्रबारदेखि औपचारिक उद्घाटन भएको हो ।

धुम्बाराही चोकैमा रहेको ब्याङकेटमा करिब ५ करोड रुपैयाँ लगानी भएको छ । सुवास खड्का, विष्णु भण्डारी, चित्र कुइँकेल र गोविन्द कट्वालको साझेदारीमा विभिन्न पेसा व्यवसायसँग संलग्न व्यक्तिहरुले सुरु गरेको ब्याङकेट स्काइ जोन रेस्टुराँ एन्ड ब्याङकेट सामाखुसीको पहिलो फ्रेन्चाइजी हो ।

आधुनिक सुविधासम्पन्न पार्टी प्यालेका साथै रेस्टुराँ पनि सञ्चालन रहेको ब्याङकेटमा ५ सयभन्दा धेरै ग्राहकलाई एकै पटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको ब्याङकेटका अध्यक्ष सुवास खड्काले बताए । पाँचतारे होटलका सेफलाई लिएर रेस्टुराँ सञ्चालन गररिएको बताउँदै खड्काले भने, “फाइभ स्टारको टेस्ट लिन स्काइ जोनमा आउँदा हुन्छ ।”

पूर्णरूपमा पारिवारिक वातावरण स्वादिष्ट परिकार उपलब्ध सो ब्याङकेटमा परिवारिक तथा अफिसियल कार्यक्रम गर्न सकिन्छ ।