फोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्ट रहनेछ भने ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज मोडल रहनेछ, जसको मूल्य ३२९८ यान अर्थात् ३४,९०० भारतीय रुपैयाँ पर्न सक्नेछ ।
एजेन्सी । चिनियाँ टेक्नोलोजी कम्पनी भिभोको सब ब्रान्ड आईक्यूओओले अन्ततः चिनियाँ बजारमा आफ्नो गेमिङ स्मार्टफोन लन्च गरेको छ ।
भिभो आईक्यूओओ स्नापड्रागन ८५५, ४४ वाट फास्ट चार्जिङ र दायाँ र बायाँपट्टि प्रेसर सेन्सेटिभ बटम र लिक्विड कुल प्रविधि जस्ता धेरै वटा मोबाइल गैमिङ फिचरसहित आएको छ । चिनियाँ बजारमा भिभोको यो गेमिङ फोनको पहिलो बिक्री मार्च ६ बाट हुनेछ । सो स्मार्टफोनको मूल्य २,९९८ यानदेखि ३१,७०० यानको रेन्जमा रहनेछ । फोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्ट रहनेछ भने ८ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज मोडल रहनेछ, जसको मूल्य ३२९८ यान अर्थात् ३४,९०० भारतीय रुपैयाँ पर्न सक्नेछ ।
यी स्मार्टफोन नीलो र सुन्तला रङमा पाइनेछन् । फोनमा थ्रीडी ग्लास बडी डिजाइन हुनेछ । यसको ब्याक कभरमा भर्टिकल एलईडी स्ट्रिप हुनेछ । ६।४१ इन्चको डिस्प्ले र २३४०८१०८० पिक्सेल्सको रेज्युलेसन र वाटरड्रप नोच डिजाइन छ । यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर छ ।