नेपाली अटो बजारको प्रमुख हिस्सेदार मानिएको भारतीय कम्पनी टाटाले आफ्नो नानो कारको उत्पादन बन्द गर्ने भएको छ।
कम्पनीका अनुसार छिट्टै नानोको उत्पादन औपचारिक रुपमा बन्द हुनेछ।
कम्पनीका अनुसार अब नानोको उत्पादनमा खर्च गर्न टाटा तयार नरहेको बताएको छ।
कुनै समय नानो टाटा कम्पनीका मालिक रतन टाटाका लागि सपनाको कार थियो । टाटाले नानो संसारको सबैभन्दा सस्तो कार भएको पनि दावी गर्दै आएको थियो ।
सन् २००८ को जनवरीमा लञ्च गरेको टाटा नानोको बिक्री सुरूवाती समयमा धेरै माथि पुगेको थियो। तर, पछिल्लो समय यसको बिक्रीमा लगातार गिरावट आउँदै गएको थियो ।
बिक्रीदर लगातारजसो खस्किदै गएपछि टाटाले नानोको उत्पादन बिक्री बन्द गर्ने तयारी गरेको हो ।