जापानी कार निर्माता कम्पनी टोयोटाले दक्षिण एसियाली बजारमा केही समयपछि बलेनो कार लञ्च गर्ने भएको छ ।
दक्षिण एसियाली बजारमा बलेनो उत्पादनका लागि मारूती सुजुकी र टोयोटा इन्डियाले सहकार्य गरेका हुन्।
दुईवटै कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको बलेनो सम्भवत पहिलो कार हुने छ ।
मारुती सुजुकी र टोयोटाले सन् २०१७ मा दुईवटै कम्पनी मिलेर इलेक्ट्रिक वाहन निर्माण गर्ने एक सम्झौता गरेका थिए।
विशेषताहरू
पुरानो मोडेलको कारको तुलनामा यसमा खासै केही परिवर्तन देख्न पाइने छैन। हाल बजारमा रहेको कारमै प्रयोग भएको इन्जिन नयाँ कारमा पनि प्रयोग हुने छ ।
बजारमा रहेको मारुती बलेनो पेट्रोल र डिजेल दुईवटै वेरियन्टमा उपलब्ध छ ।