डेलका आठौं जेनेरेसनका ल्यापटप

कम्पनीले सार्वजनिक गरेको ल्यापटप खरिद गर्नेलाई विशेष छुट तथा उपहारको पनि व्यवस्था गरिएको छ । कम्पनीले सबै ल्यपटप खरिदमा १ वर्ष वारेन्टीका साथै झोला, माउस, हेडफोन उपहार दिएको छ ।

भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेकमा नारायणी इन्फोसिस प्रालि र सती कम्प्युटरले डेल कम्पनीका आठौं जेनेरसन इन्टेल कोर आई ७ डी र आई ५ ब्रान्डका दुई नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ल्यापटप खरिद गर्नेलाई विशेष छुट तथा उपहारको पनि व्यवस्था गरिएको छ । कम्पनीले सबै ल्यपटप खरिदमा १ वर्ष वारेन्टीका साथै झोला, माउस, हेडफोन उपहार दिएको छ ।

आकर्षक फिचरका साथ कम्पनीले क्यान इन्फोटेकमा डेल आई ७ ब्रान्डका ल्यापटप ल्याएकोे हो । यिनमा ८ जीबी ¥याम १ टीबी हार्डडिक्स टे«लेड डीभीडी ड्राइभ, फिङ्गर प्रिन्ट सेक्युरिटी, ४ जीबी एमडी रेडियन ग्राफिक्स, १५.६ इन्च एलइडी ब्याक लिट डिस्प्लेलगायत फिचर छन् । त्यस्तै आई ५ को नयाँ डेल ल्यापटपमा पनि विभिन्न फिचर छन् । आई ५ मा ४ जीबी ¥याम, १ टीबी हार्डडिक्स, डीभीडी प्लेयर, फिङ्गर प्रिन्ट, २ जीबी एएमडी ग्राफिक्स डिजाइनलगायत विशेषता छन् ।

आई ७ डी ल्यापटपको मूल्य ८३ हजार ९ सय ९९ रुपैयाँ मात्र छ । आई ५ को ६३ हजार ९ सय ९९ रुपैयाँ राखिएको कम्पनीले जानकारी दिएको छ । ‘यो ल्यापटप हालै आएको नयाँ ब्रान्ड हो, अफिसियल काम तथा विद्यार्थीका लागि यो बहुउपयोगी छ’, नारायणी इन्फोसिसका महेश अग्रवालले भने ।

क्लाउड लिङ्कका प्रोजेक्टर

क्लाउड लिङ्क एन्ड सेक्युरिटी इन्टरप्राइजेजले पनि क्यान इन्फोटेकमा पिए ५ सय ३ वाटको प्रोजेक्टर सार्वजनिक गरेको छ । यसमा प्रक्षेपण प्रणाली ०. ६५ डब्लुएक्स जीए, न्याटिभ रिजोलुसन १२२८ह८००, डीसी टाइप डीसी ३, लुमेन्स ३ सय ६६ एलएम, सुपर इको मोड २२०००ः१, ल्याप लाइफ ५००x१५०० इमेज साइज ३० देखि ३ सय इन्चजस्ता विशेषता छन् । प्रोजेक्टरको मूल्य रु. ८० हजार भए तापनि क्यान अफरमा ६३ हजार रुपैयाँमा दिइएको कम्पनीले जानकारी दिएको छ । यसको खरिदमा २ हजार ५ सय पर्ने सेलिङ माउन्ट तथा ८ हजार पर्ने ७०x७० इन्चको प्रोजेक्टर स्क्रिन सित्तैमा पाइने कम्पनीको भनाइ छ । प्रदर्शनीमा पीए ५०२ एस, पीए ५०२ एक्स प्रोजेक्टर पनि प्रदर्शनीमा छन् ।