नोकिया९ पियरभ्युमा फेस लक र क्यामेरामा नयाँ फिचर थप

सार्वजनिक भएको एक हप्तामै यो नोकियाले नयाँ अपडेटेड सफ्टवेयर पाएको छ । यो अपडेटमा नोकियाको क्यामेरामा थप अत्याधुनिक सुधारका साथै फेस लक फिचर ल्याइएको छ ।

एजेन्सी । बिक्री सुरु गरेको पहिला दिन नै नोकिया९ पियरभ्युले आफ्नो पहिलो सफ्टवेयर अपडेट गरेको छ । नोकिया९ पियरभ्यू गत २४ फेब्रुअरीमा एमडब्ल्यूसीमा लन्च भएको थियो ।

सार्वजनिक भएको एक हप्तामै यो नोकियाले नयाँ अपडेटेड सफ्टवेयर पाएको छ । यो अपडेटमा नोकियाको क्यामेरामा थप अत्याधुनिक सुधारका साथै फेस लक फिचर ल्याइएको छ ।

यो अपडेट अमेरिकी बजारमा नोकियाको बिक्री सुरु भएको दिनमा भएको हो । यो उपकरणमा सुरक्षित अनुहार पहिचान गर्ने प्रणाली राखिएको छ ।