अप्टेनर मेकाट्रोनिक्सले बनायो बाइकवालाका लागि नयाँ एयरकुलर

बेलगुरु आधारित अप्टेनर मेकाट्रोनिक्सले बाइकवालाहरुका लािग मोटरसाइकलको रेन्ज ब्लुआर्मरमा ब्लूस्न्याप२ नामको एयरकुलर निकालेको छ । यो एयरकुलरको विशेषता के छ भने यसलाई हेल्मेटमा लगाउन सकिन्छ । यसलाई फुलफेस हेल्मेटमा लगाउन सकिन्छ । ब्लूस्न्यापको पहिलो संस्करण २०१८ मा आएको थियो ।

एजेन्सी । भारतस्थित बेलगुरुको स्टार्टअप कम्पनीले बाइकवालाहरुका लागि एक प्रकारको एयरकुलर लन्च गरेको छ । यो एयरकुलरलाई गर्मीको समयमा बाइक चालउँदा बाइकवालाले प्रयोग गर्न सक्छन् ।

बेलगुरु आधारित अप्टेनर मेकाट्रोनिक्सले बाइकवालाहरुका लािग मोटरसाइकलको रेन्ज ब्लुआर्मरमा ब्लूस्न्याप२ नामको एयरकुलर निकालेको छ । यो एयरकुलरको विशेषता के छ भने यसलाई हेल्मेटमा लगाउन सकिन्छ । यसलाई फुलफेस हेल्मेटमा लगाउन सकिन्छ । ब्लूस्न्यापको पहिलो संस्करण २०१८ मा आएको थियो ।

कम्पनीले नयाँ संस्करणमा केही परिवर्तनहरु गरिएको दाबी गरेको छ । ब्लुस्न्याप२ ब्याट्रीबाट सञ्चालित एयरकुलर हो, जुन पहिलेको भन्दा केही हलुका र सानो हुन्छ । नयाँ भर्जनले पुरानो ब्लुस्न्यापले भन्दा २५ प्रतिशत धेरै हावा दिन्छ । नयाँ एयरकुलर एकपटक पूरा चार्ज भएपछि १० घण्टासम्म हावा फ्याँक्न सक्छ ।

यसबाहेक नयाँ संस्करणले धूलोबाट बचाउनका लागि फिल्टर पनि दिने गर्दछ । यसको रिमुभेबल फिल्टर धुलोको करणलाई रोक्ने काम गर्छ । साथै यसमा पहिलेको भन्दा राम्रो पानी व्यवस्थापन प्रणाली लगाइएको छ । यसलाई मात्र दश सेकेन्डमा फिल्टरको पानीलाई डुबाएर सफा गर्न सकिन्छ । त्यस्तै कुलरको फ्यानले हेलमेटमा माथितिर हावा फ्याँक्छ, जसले हेलमेटको पानमान १५ डिग्रीसम्म कम भएर जान्छ । साथै यसमा डि फग फिचर पनि रहेको छ ।

यो एयरकुलरलाई कम्पनीको खुद्रा वितरक नेटवर्कबाट खरिद गर्न सकिन्छ । यसका लागि कम्पनीले भेगा अटोको नाम सिफारिस गरेको छ । साथै यसलाई कम्पनीको वेबसाइटबाट पनि खरिद गर्न सकिन्छ । कम्पनीले यो एयरकुलरको मूल्य २२९९ भारतीय रुपैयाँ तय गरेको छ ।