अशोक लेलैण्डको क्याप्टेन टिपर बजारमा

अशोक लेलैण्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ टिपरको नेपालमा बिक्री वितरणको सुरु गरेको छ ।
आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजक थुरियाको उपस्थिति रहेको थियो ।

आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, आइएमई मोटर्स प्रालिका निर्देशक सन्दिप अग्रवाल, सुमन पोखरेल, र इश्वर कार्की, आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट सुभेन्दु मोइत्रा, अशोक लेलैन्ड कम्पनीका पुर्वी सार्क क्षेत्रिय प्रबन्धक तन्मय मित्रा उपस्थिति थियो ।

अशोक लेलैंड को मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु (उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय) रहेका छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेन गाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकाले चालकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमाजानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्चदक्षताभएको ट्रकको बढ्दो मागलाई पुरा गर्नेछ ।

क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्य दक्षतार चालकलाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।
भारतमाइ सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्नप्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् । यस सुरुवातको अवसरमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी भने ‘अशोक लेलैण्ड ट्रकले नेपालीबजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको छ र नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडी बढाउने र ग्राहकहरुको अपेक्षालाई सर्वोपरी गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।’

अशोक लेलैण्ड व्यावसायिक सवारी साधान उत्पादक कम्पनी हो जसको विश्वमा ९ ओटा उत्पादन प्लाण्टहरु रहेको रहेका छन् । अशोक लेलैण्ड स्पेयर पार्टसहरु र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनी हो ।