हुवावेको वाई सिक्स–२०१९ स्मार्टफोन सार्वजनिक : यस्ता छन् फिचर

कम्पनीले हालसम्म यो नयाँ मोडलको मूल्य र अन्य विवरण उपलब्ध गराएको छैन । यो फोन कालो, निलो र खैरो रङमा पाइने छ ।

एजेन्सी । हुवावे कम्पनीले नयाँ इन्ट्रि लेभल स्मार्टफोन ड्युब्ड हुवावे वाई सिक्स–२०१९ सोकेश गरेको छ । यसअघि गत वर्ष उसले वाइ६ सिरिजकै स्मार्टफोन हुवावे वाई सिक्स २०१८ लन्च गरेको थियो ।

तर, कम्पनीले हालसम्म यो नयाँ मोडलको मूल्य र अन्य विवरण उपलब्ध गराएको छैन । यो फोन कालो, निलो र खैरो रङमा पाइने छ ।

कम्पनीले गत जनवरीमा वाई सिक्स–प्रो २०१९ स्मार्टफोन लन्च गरेको थियो । जसको मूल्य कम्पनीले लगभग १६ हजार रुपैयाँ तोकेको थियो ।

यो पछिल्लो नयाँ मोडलका फिचरका कुरा गर्ने हो भने यसमा वाटरड्रप नट डिजाइन डिस्प्ले, टीयूभी रेनल्यान्ड सर्टिफाइड ६.०९ इन्च एचडी डिस्प्ले, दुई जीबी र्याम र एन्ड्रोएड ९.० पी ओपरेटिङ सिस्टम छ ।

यसमा १५६० ह ७२० पिक्सल रेज्युलेसनको डिस्प्ले छ । ३२ जीबी इन्टरनल स्टोरेज भएको यो फोनमा माइक्रोएसडी कार्डबाट ५१२ जीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ ।