डिजल इन्जिन भएका कार कम बिक्री भएका कारण टाटाले यो कदम उठाउँदैछ । दुवै कारमा डिजल इन्जिन १ अप्रिल २०२० सम्म बन्द हुन सक्नेछ ।
एजेन्सी । टाटा मोटर्सले आफ्ना केही कारहरुमा डिजल इन्जिन बन्द गर्नसक्ने देखिएको छ । दुई ओटा कार कम्पनी मारुति र महिन्द्राले आगामी दिनमा साना कारमा डिजल इन्जिन बन्द गर्नसक्ने बताएपछि टाटा कम्पनीले पनि यस्तो कदम उठाउन सक्ने अपेक्षा गरिएको हो ।
समाचारअनुसार टाटा मोटर्सले आगामी समयमा आफ्नो ह्याचब्याग टाटा टियागो र कम्पैक्ट सेडान टाटा टिगोरमा डिजल इन्जिन बन्द गर्नसक्ने छ । डिजल इन्जिन भएका कार कम बिक्री भएका कारण टाटाले यो कदम उठाउँदैछ । दुवै कारमा डिजल इन्जिन १ अप्रिल २०२० सम्म बन्द हुन सक्नेछ ।
१ अप्रिल २०२० देखि बीएस सिक्स मापदण्ड लागू हुँदैछ र टाटाका दुवै कारमा बीएस सिक्स मापदण्ड भएको इन्जिन राखिएको छैन । यसलाई अपग्रेड गर्नका लागि अतिरिक्त लगानीको आवश्यकता पर्छ र टाटा यो अतिरिक्त बोझबाट बच्न चाहन्छ । यसअघि मारुतिले पनि डिजल इन्जिन अपग्रेड गर्न धेरै खर्च लाग्ने बताउँदै त्यस खर्चबाट बच्न सीएनजीमाथि निर्भरता बढाउने बताएको थियो ।
टाटाको आकडाअनुसार अप्रिलदेखि जनवरी २०१९ सम्म टियागो पेट्रोलको ६६०६ युनिट्स मात्र बिक्री भयो भने डिजल भेरियन्टका पनि मात्र १११४ युनिट्स बिक्री भए । त्यस्तै टाटा टिगोर डिजलका ३६० युनिट्स बिक्री भए भने टिगोर पेट्रोलका १९४० युनिट्स बिक्री भए ।
टाटा मोटर अहिले १.६ लिटरको डायरेक्ट इन्जेक्सन टेक्नोलोजी भएको टर्बोचाज्र्ड डिजल इन्जिनमाथि काम गरिरहेको छ । नयाँ इन्जिनले १२० बीएचपीको पावर र १४० बीएचपीको टर्क दिन्छ । साथै यो इन्जिन बीएस सिक्स मापदण्डअनुसार हुनेछ ।
डिजल र पेट्रोलको मूल्यमा देखा परिरहेको अन्तर पनि एउटा कारण हो, जसले कम्पनीलाई यो रणनीतिमाथि विचार गर्न सुझाइरहेको छ ।