आरपी ग्रुपले दामिलानो इटालिया, एपी फुटवेयर, जयअम्बे साडी, इन्डियन टेरेनलगायतका सम्पूर्ण अन्तर्राष्ट्रिय ब्रान्डमा उक्त छुट दिएको जनाएको छ । ग्रुपले दबारमार्ग, ललितपुरको लबिम मल, न्यूरोड, जाउलाखेललगायतका अन्य ठाउँमा रहेका सोरुमबाट उक्त छुट उपलब्ध गराएको जनाएको छ ।
काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्र्याउन सफल आरपी ग्रुपले नारी दिवसको अवसर पारेर हरेक सामानमा ५० प्रतिशतसम्म छुट दिएको छ । नारीहरुको विशेष दिन ‘नारी दिवस’मा आरपी ग्रुपले भित्र्याएका हरेक अन्तर्राष्ट्रिय ब्रान्डमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।
‘नारीहरुका लागि फागुन २४ गते विशेष दिन हो,’ आरपी ग्रुपका प्रवन्ध निर्देशक रुपेश पाण्डेले भने, ‘नारीहरुको सम्मानस्वरुप छुट दिने निर्णय गरिएको हो ।’ यो योजना शुक्रबार एक दिन मात्रै लागू हुने छ ।
आरपी ग्रुपले दामिलानो इटालिया, एपी फुटवेयर, जयअम्बे साडी, इन्डियन टेरेनलगायतका सम्पूर्ण अन्तर्राष्ट्रिय ब्रान्डमा उक्त छुट दिएको जनाएको छ । ग्रुपले दबारमार्ग, ललितपुरको लबिम मल, न्यूरोड, जाउलाखेललगायतका अन्य ठाउँमा रहेका सोरुमबाट उक्त छुट उपलब्ध गराएको जनाएको छ ।
ग्रुपले नारीहरुका लागि आवश्यक पर्ने हरेक सामानमा छुट दिएको छ । लेडिज ब्याग, पर्स, कुर्तासलवार, साडी, जुत्ता, चप्पललगायतका हरेक सामानमा छुट दिएको जनाएको छ ।