फेसबुकको आगामी कार्यदिशा सुरक्षित सञ्चारः मार्क जुकरबर्ग

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले अब गोप्य, इफेरिकल अर्थात् प्रापकले सन्देश ग्रहण गरेपछि सन्देश मेटिने प्रणाली र इन्क्रिप्टेड अर्थात् जो कोहीको सूचनामा पहुँच नहोस् भनेर सूचनालाई कोडमा रुपान्तरण गर्ने सञ्चार प्रक्रियामाथि काम गर्ने बताएका छन् ।

एजेन्सी । फेसबुक कम्पनीले अबको कार्यदिशा सुरक्षित सञ्चारमा केन्द्रित रहने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीले अब गोप्य, इफेरिकल अर्थात् प्रापकले सन्देश ग्रहण गरेपछि सन्देश मेटिने प्रणाली र इन्क्रिप्टेड अर्थात् जो कोहीको सूचनामा पहुँच नहोस् भनेर सूचनालाई कोडमा रुपान्तरण गर्ने सञ्चार प्रक्रियामाथि काम गर्ने बताएका छन् ।

जुकरबर्गले बुधबार एउटा ब्लग पोस्टमा लेखेका छन्, ‘फेसबुक र इन्स्टाग्रामले उपलब्ध गराएको डिजिटल टाउन स्क्वायरमा भन्दा पनि अधिकांश मानिसहरु गोप्यरुपमा एकदमै गोप्य समूहसँग अनलाइनमा कुराकानी गर्न चाहन्छन् । यो माग पूरा गर्न विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनीले आफ्ना धेरै फिचरहरुलाई पुनर्निर्माण गर्नेछ ।’ साना समूह र अत्यधिक गोप्य तथा अस्थायी पोस्ट डिजिटल सञ्चारमा तीव्रगतिमा विकास भैरहेको छ ।

कम्पनीको ओपन सेयरिङ छवि भएको र हालको समयमा प्रयोगकर्ताको गोपनीयता सुरक्षालाई लिएर ठूलो बदनामी भइरहेका कारण कम्पनीले गोपनीयतामा केन्द्रित रहेर काम गर्छ भन्नेमा धेरैलाई विश्वास नलाग्नु स्वभाविक रहेको पनि जुकरबर्गले बताएका छन् ।

जुकरबर्गले यो भावी रणनीतिलाई प्रयोगकर्ताको चयन भनेर नाम दिएका छन् । सो ब्लग पोस्टमा जुकरबर्गले फेसबुकले म्यासेजलाई कोडमा रुपान्तरण गर्ने प्रक्रिया सरकार विरोधी र अन्य विवादास्पद विचार भएकाहरुका लागि सुरक्षित रहने बताएका छन् । तर, उनले यस्तो कदमले फेसबुकको विज्ञापन व्यापारलाई कसरी प्रभावित पार्छ भन्ने स्पष्ट बताएका छैनन् ।