मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढमा सुरु

नारायणगढको एटुजेड मोबाइल हाउसका एक दर्जन बढी पसलबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागी हुन सक्नेछन् । सङ्घका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभान्वित हुने बताए ।

काठमाडौं । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर नारायणगढमा आरम्भ भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा बिहीबारबाट मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो ।

नेपाल मोबाइल बितरक सङ्घका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरेका हुन् ।

नारायणगढको एटुजेड मोबाइल हाउसका एक दर्जन बढी पसलबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागी हुन सक्नेछन् । सङ्घका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभान्वित हुने बताए ।

राजधानीमा पाएको अपार सफलतापछि उपत्यका बाहिर पनि यसको माग बढेकाले बिहीबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान सञ्चालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले जानकारी दिए ।

निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि यो सेवा सुरु हुने सुनुवारले बताए । मेरो सुरक्षाले यसअघि वीरगन्जमा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

सेवा सुरु गरेको पाँच महिनाको अवधिमा नै दश हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आबद्ध भइसकेका छन् । प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँबराबरको बिमा सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

मेरो सुरक्षाअनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लानअन्तर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउने छ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

यो सेवा पाउन सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले अर्को नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

मेरो सुरक्षाको ब्रान्ड एम्बेसडर महानायक राजेश हमाल हुन् ।