काठमाडौंमा सुरु भयो तेस्रो प्राङ्गारिक कृषि मेला (फोटो फिचरसहित)

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले मेला आयोजना गरेको हो ।

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला-२०७५ सुरु भएको छ । ‘मिहिनेत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको, नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ सुरु भएको मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उनले प्रदर्शनीको अवलोकनसमेत गरेकी छन् ।

साथै अग्र्यानिक कृषि उत्पादनहरुको प्रदर्शनी तथा बिक्री पनि गरिने आयोजकले बताएको छ । मेलाको आयोजना नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गरेको हो ।