काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा सिलिन्डर बम विष्फोट भएको छ । बम सिलिन्डर विष्फोट हुँदा उनको सहित अन्य दुइ घर जलेको अध्यक्ष गुरूङले जानकारी दिए । गुरूङले घरमा बम नै हानिएको दाबी गरे ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्याम ज्ञवालीले बम नभइ सिलिन्डर बिष्फोट भएको बताए । बम भनेर अनुसन्धान सुरू गरेका थियौ । तर, होइन रहेछ । गुरूङले पार्किङ गरेर राखेको गाडी पूर्ण रूपमा जलेको छ ।