गुरूङकाे घरमा शक्तिशाली बम पड्किएकाे प्रहरीकाे दाबी

वैदेशिक राेजगार व्यवसायी सङ्घका अध्यक्ष राेहन गुरूङकाे घरमा सिलिन्डर पड्किएकाे भन्दै अाएकाे प्रहरीले अन्तत शक्तिशाली बम पड्किएकाे दाबी गरेकाे छ । काठमाडौ बसुन्धारा स्थित मोर्गन स्कुलको पछाडि अज्ञात समूहले बम पड्काएकाे प्रहरीले जनाएकाे छ ।
टपजव मेनपावर र सुनगाभा ओरेन्टेसन कार्यालय समेत रहेंको उक्त भवन मुनि बा ८ च ६७८९ नम्बरको गाडिलाई लक्षित गरि शक्तिशाली बम विस्फोट गराएको हाे । उक्त विष्फोटबाट सो गाडी पुर्णरुपमा क्षति भएको । उक्त विस्फोटनबाट सो अासपासका घरहरूको सिसा फुट्नुका साथै बाटोमा हिड्ने ३ जना पैदलयात्री समेत घाइते भएको । उक्त विष्फोटबाट सोही घरमा किराना पसल गर्ने मणिराम पोखरेल र निजको छोरा मनिस पोखरेल समेत घाइते भएको । घाइते सबैको महाराजगन्ज स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ ।