गुराँश लाइफ इन्स्योरेन्सको साधारणसा चैत २१ मा, १०० प्रतिशत हकप्रद सेयर निष्कास र ८ प्रतिशत बोनस सेयर पारित गर्ने

कम्पनीले पुँजी वृद्धिका लागि आउँदो चैत २१ गते वस्ने नवौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीले थप ९३ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ९३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकोको हो ।

काठमाडौं । गुराँश लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिका लागि आउँदो चैत २१ गते वस्ने नवौं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव लैजाने भएको छ ।

कम्पनीले थप ९३ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ९३ हजार २०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकोको हो । बीमा समितिको निर्देशन अनुसार कम्पनीको चुत्तापुँजी २ अर्ब रुपैयाँ पुर्याउन प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने गुराँशले जनाएको छ ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको न्युनतम चुत्तापुँजी २ अर्ब रुपैयाँ तोकेको छ । यस्तै सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको ८ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल कम्पनीको चुत्तापुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । बोनस सेयर वितरणपछि बढेर ९३ करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।