यसमा १६ इन्चको युनिक डुअल टोन अलाँय ह्वील पनि पाइनेछ । साथै पेट्रोल र ईभी दुवैको पछाडिको ढोकामा पिलर माउन्टेड ह्यान्डल लगाइएको हुनेछ र पछाडिपट्टी स्पिल्ट टेल ल्याम्प हुनेछन् ।
एजेन्सी । जेनेभा मोटर सोमा टाटा कम्पनीले आफ्नो भावी इलेक्ट्रोनिक कार योजनाको खुलासा गरेको छ । टाटा मोटर्सले आफ्नो नयाँ विद्युतीय कार अल्ट्रोजका बारेमा खुलासा गरेपछि अहिले यसले भारतीय अटो उद्योगमा निकै ठूलो हलचल ल्याएको छ ।
टाटाको यो विद्युतीय कारले फुल चार्जमा तीन सय किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । साथै कम्पनीले यसको पेट्रोल भर्जन पनि लन्च गरेको छ ।
टाटा मोटर्सको नयाँ ह्याचब्याग अल्ट्रोज ईभी अल्फा एआरसी मोड्युलर प्लेटफर्ममा बनेको हुनेछ । हेर्दा यसको बनावट अल्ट्रोज पेट्रोल जस्तो देखिनेछ । यसमा हाई माउन्टेड डुअल एलईडी ल्याम्प पनि हुनेछ । साथै यसमा १६ इन्चको युनिक डुअल टोन अलाँय ह्वील पनि पाइनेछ । साथै पेट्रोल र ईभी दुवैको पछाडिको ढोकामा पिलर माउन्टेड ह्यान्डल लगाइएको हुनेछ र पछाडिपट्टी स्पिल्ट टेल ल्याम्प हुनेछन् ।
यसको इन्टिरियरको कुरा गर्ने हो भने पेट्रोल भर्जनमा ब्ल्याक टोन तथा विद्युतीय भर्जनमा बेजका साथ डुअल टोन इन्टिरियर हुनेछ । साथै यसमा ठूलो टचस्क्रीनका साथ टचबेस्ड कन्ट्रोल एयर कन्डिसनिङ युनिट पाइने छ । साथै टाटा जेएलआर कारहरुमा जस्तै रोटेरी स्टाइल गियर नोब पनि हुनेछ ।
टाटाका अनुसार अल्ट्रोज ईभीमा सिङ्गल स्पिड गियरबक्सका साथ परमानेन्ट म्यगनेट एसी मोटर पनि राखिनेछ ।
तर, टाटाले हालसम्म यसको पावरट्रेनका बारेमा केही जानकारी दिएको छैन । समाचारहरुका अनुसार यसको रेन्ज २५० देखि तीन सय किमीसम्म हुनेछ । यससँगै यो टाटाको अहिलेसम्मकै सबैभन्दा लामो रेन्ज भएको विद्युतीय कार हुनेछ । यसअघिका टाटाका टियागो र टिगोर इलेक्ट्रिक कार सिङ्गल चार्जमा १३० किमीसम्मको दूरी तय गर्न सक्थे । टाटाका अनुसार अल्ट्रोज ईभीमा तीव्र चार्जिङ क्षमता हुनेछ जसमा मात्र एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिनेछ ।
टाटाले यो नयाँ अल्ट्रोज ईभीलाई आगामी २०२० मा लन्च गर्नेछ । यसको फिचर हेरेर यसको मूल्य महिन्द्राको ईभीभन्दा धेरै हुने अनुमान लगाउन सकिन्छ । खबरहरुका अनुसार भारतीय बजारमा यसको मूल्य १५ लाख रुपयाँको आसपास हुनेछ ।
यो गाडी तीन इन्जिन अप्सनमा पाइने छ । जसमा टियागो ८३ बीएचपीको १.२ लिटरको पेट्रोल इन्जिन, ११० बीएचपी १.२ लिटरको टर्बो पेट्रोल इन्जिन र नेक्सन १.५ लिटरको टर्बो डिजल इन्जिनमा पाइनेछ ।