एन्ड्री गार्बाचोभ र ग्लेब स्लुचेभस्कीले कथितरुपमा त्यस्ता ब्राउजर एक्सटेन्सनको प्रयोग गरी फेसबुकको न्युज फिडमा आफ्ना विज्ञापन राखेका थिए । जसले गर्दा ती प्रयोगकर्ताहरु त्यस्ता ब्राउजरभित्र प्रवेश गर्ने डेली बिस्टको शुक्रबारको रिपोर्टमा प्रकाशित छ ।
एजेन्सी । दुई जना युक्रेनी ह्याकर्सले ६० हजार फेसबुक प्रयोगकर्तालाई अनलाइन क्विज प्रयोग गरेर हानिकारक ब्राउजर एक्सटेन्सन इन्स्टल गर्न प्रेरित गरेको फेसबुक कम्पनीले दर्ता गराएको सङ्घीय मुद्दामा खुलासा भएको छ । त्यस्तो ब्राउजरले प्रयोगकर्ताको प्रोफाइल डाटा र फ्रेन्ड लिस्टमा बाहिरका सर्भरहरुको पहुँच पुर्याएर सूचना लिक हुने अवस्था निमत्याउँछ ।
एन्ड्री गार्बाचोभ र ग्लेब स्लुचेभस्कीले कथितरुपमा त्यस्ता ब्राउजर एक्सटेन्सनको प्रयोग गरी फेसबुकको न्युज फिडमा आफ्ना विज्ञापन राखेका थिए । जसले गर्दा ती प्रयोगकर्ताहरु त्यस्ता ब्राउजरभित्र प्रवेश गर्ने डेली बिस्टको शुक्रबारको रिपोर्टमा प्रकाशित छ ।
फेसबुकले आफ्नो मुद्दामा किभ आधारित ती दुई व्यक्तिले क्यालिफोर्निया र सङ्घीय ह्याकिङ प्रतिरोधी कानुनको उल्लङ्घन गरेको आरोप लगाएको छ । फेसबुकले ती दुवै व्यक्तिमाथि फ्रड र फेसबुकको सेवा शर्त उल्लङ्घन गरेको भन्दै ऋट दायर गरेको छ ।
साथै कम्पनीले त्यस्ता स्किमले खासगरी रसियन भाषा बोल्ने मानिसहरुलाई लक्षित गरेको बताएको छ ।