बजाज मोटरसाइकलको ‘सर्भिस प्वाइन्ट’ गोकर्णेश्वरमा

गोकर्णेश्वर नगरपालिका ८ बेसी गाउँस्थित इजी वर्कसप प्राइभेट लिमिटेडद्वारा सञ्चालित ‘सर्भिस प्वाइन्ट’को हंसराज हुलासचन्दका प्रबन्ध सञ्चालक शेखर गोल्छाले उद्घाटन गरेका छन् ।

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक ‘सर्भिस प्वाइन्ट’ गोकर्णेश्वरमा खुलेको छ । गोकर्णेश्वर नगरपालिका ८ बेसी गाउँस्थित इजी वर्कसप प्राइभेट लिमिटेडद्वारा सञ्चालित ‘सर्भिस प्वाइन्ट’को हंसराज हुलासचन्दका प्रबन्ध सञ्चालक शेखर गोल्छाले उद्घाटन गरेका छन् ।

सर्भिस प्वाइन्टमा एकै पटक ५ ओटा मोटरसाइकल मर्मत गर्न सकिने अत्याधुनिक उपकरण जडान गरिएको छ । यस्तै दक्ष तथा अनुभवी प्राविधिकद्वारा छिटो, छरितो र भरपर्दो सेवा दिने कम्पनीका प्रमुख भवनराज लामिछानेले जानकारी दिए ।

मर्मत, वासिङ तथा सर्भिसिङ सेवा रहेको उक्त सर्भिस प्वाइन्टबाट सुलभ मूल्यमा स्पेयर पार्ट र मोबिलसमेत बिक्री गरिने जनाइएको छ ।