हुवावेको नोभा२ आई मोडलको चारओटा क्यामेरा भएको स्मार्ट फोन

हुवावेले नयाँ विशेषता र फरक अनुभव बटुल्ने उद्देश्यले नोभा फोन बजारमा ल्याएको हो । ५.९ इन्चको फुल एचडी डिस्प्ले, १५.२x७५.२x७.२ एमएमको आकार, लगभग १ सय ६४ ग्राम तौल यसका सामान्य फिचर भएको कम्पनीले जानकारी दिएको छ ।

कल मोबिलिटी कम्पनीले नेपालमा पहिलो पटक हुवावे नोभा२ आई मोडलको चारओटा क्यामेरा भएको मोबाइल फोन सार्वजनिक गरेको छ । कल मोबिलिटी हुवावेको नेपालका लागि आधिकारिक विक्रेता हो ।

हुवावेले नयाँ विशेषता र फरक अनुभव बटुल्ने उद्देश्यले नोभा फोन बजारमा ल्याएको हो । ५.९ इन्चको फुल एचडी डिस्प्ले, १५.२x७५.२x७.२ एमएमको आकार, लगभग १ सय ६४ ग्राम तौल यसका सामान्य फिचर भएको कम्पनीले जानकारी दिएको छ ।

१०८०x२१६० रिजोलुसन भएको यो फोनको अपरेटिङ् सफ्टवेयर ईएमयूआई ५.१ एन्ड्रोइड ७.० द्वारा सञ्चालित छ । चार जीबी र्याम र ६४ जीबी रोम, वाईफाई ८०२.११ बीजीएन र २.४ गिगाहर्जको ४.२ ब्लुटुथ, जीपीएस गोल्लोनेस र ३३ सय ४० मेगाहर्जको ब्याट्री भएको नोभा२ स्मार्ट फोन एकपटक फुलचार्ज गरेपछि २ दिनसम्म चल्ने कम्पनीले बताएको छ ।

यो स्मार्ट फोनको फ्रन्टमा सेल्फी टोनिङ प्mल्यास भएको १३ मेगापिक्सलको मुख्य र दुई मेगापिक्सलको एउटा सहायक गरी दुईओटा क्यामेरा छन् । यसैगरी पछाडिपट्टि १६ मेगापिक्सलको एउटा मुख्य र दुई मेगापिक्सलको अर्को सहायक गरी दुईओटा क्यामेरा लगाएतका बहुउपयोगी विशेषता छन् ।
कम्पनीका अनुसार हुवावे नोभा२ आईको मूल्य ३३ हजार ९ सय रुपैयाँमा केही छुट दिएर बिक्री भइरहेको छ । ‘हुवावेको नोभा२ आई मोडलको चार क्यामेरा भएको स्मार्ट मोबाइल फोन नेपालमा पहिलो पटक भित्रिएकाले बजारमा यसको माग बढ्दै गएको छ’, कल मोबिलिटीकी यशोदा कार्कीले भनिन् ।