नेपाल सरकारको अनुरोधपछि राजस्व अनुसन्धान विभागका ५० कर्मचारीलाई भारत सरकारले तालीम दिएको छ । भारतको फरीबादस्थित नेसनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्स एन्ड नारेसोटिस मा ‘राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण’ विषयक पाँच दिने विशेष तालिम आयोजना भएको थियो । ।
यस तालिम “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । यस पहलकदमी अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीहरुलाई तालिम दिईनेछ । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत्र ११ गते देखि सुरु गर्नेछन् ।
यस तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्नेछ ।