रियलमीले भारतमा अफलाइन स्मार्टफोन मार्केट पनि सुरु गर्ने प्रयास गर्दैछ । उसले केही समयमै यो फोन भारतभरि अफलाइन स्टोरमा बिक्रीका लागि राखिने बताएको छ ।
एजेन्सी । रियलमीले भर्खरै भारतमा आफ्नो रियलमी थ्री स्मार्टफोन लन्च गरेको छ । उसले सुरु मूल्य ८,९९९ रुपैयाँ तोकेको छ । मिडियाटेक हेलियो पी७०बाट पावर्ड यो फोन फ्लिपकार्ट र रियलमी अनलाइन स्टोरबाट बिक्री हुनेछ ।
रियलमीले भारतमा अफलाइन स्मार्टफोन मार्केट पनि सुरु गर्ने प्रयास गर्दैछ । उसले केही समयमै यो फोन भारतभरि अफलाइन स्टोरमा बिक्रीका लागि राखिने बताएको छ ।
रियलमी थ्री बेस ३ जीबी रैम र ३२ जीबी सटोरेज भर्जन ८,९९९ भारुमा पाइन्छ भने बेस ४ जीबी र स्टोरेज ६४ जीबीको मूल्य १०,९९९ भारु छ । दस लाख सेल्स मार्क पूरा भइसकेपछि रियलमीले फोनको मूल्य बढाउने बताएको छ ।
यो मोबाइल तीन ओटा कलर अप्सनमा बजारमा आएको छ । क्लासिक ब्ल्याक, डाइनामिक ब्ल्याक यी दुई कलर अप्सन भोलिबाट पाइने छन् भने रेडायन्ट ब्ल्यू कलर फोनको बिक्रीबारे कम्पनीले बताएको छैन ।
रियलमी थ्रीमा ६.२ इन्चको एचडीप्लस डिस्प्ले छ जसमा १५२०बाई७२० रेज्युलेसन छ । यसमा १९स्९ को एस्पेक्ट रेसियो र माथि एउटा वाटर ड्रप नोच छ । फोनमा थ्रीडी युनिबडी डिजाइन र ग्राडियन्ट कलर्स छन् ।
यसलाई १२एनएम मिडियाटेक हेलियो पी७० प्रोसेसरसँग जी७२ जीपीयूले पावर्ड गरेको छ ।