यामाहाको स्ट्रिट फाइटर भारतीय बजारमा लन्च हुँदै, यस्ता छन् फिचर

यामाहाको यो बाइकको अगाडिको लुक्स ट्रान्सफर्मर्स फिल्मबाट प्रेरित छ । बाइकको फ्रन्टलुक अटोबट जस्तै देखिन्छ । कम्पनीका अनुसार बाइकले प्रतिलिटर ४५ किलोमिटरको माइलेज दिन्छ । यसको एक्स सोरुम मूल्य एक लाख २० हजार भारु हुने बताइएको छ ।

एजेन्सी । यामाहाले आफ्नो नयाँ स्ट्रिट फाइटर एमटी १५ लाई आगामी मार्च १५ मा भारतीय बजारमा लन्च गर्दैछ ।

यामाहाको यो बाइकको अगाडिको लुक्स ट्रान्सफर्मर्स फिल्मबाट प्रेरित छ । बाइकको फ्रन्टलुक अटोबट जस्तै देखिन्छ । कम्पनीका अनुसार बाइकले प्रतिलिटर ४५ किलोमिटरको माइलेज दिन्छ । यसको एक्स सोरुम मूल्य एक लाख २० हजार भारु हुने बताइएको छ ।

१५० सीसी पावर इन्जिन भएको यामाहा एमटी १५ मा मोनोफोकस एलईडी हेडल्याम्प र सिङ्गल सिट लेआउट छ । साथै यसमा दस लिटरको इन्धन ट्याङ्की, डिजिटल इन्स्टु«मेन्ट क्लस्टर, ११०र७० टायर साइजका साथमा १७ इन्च स्पोक आयल ह्विल र पछाडि १४०र७० साइजको टायर छ ।

यसको लम्बाई २०२० एमएम, ८०० एमएम चौडाइ र १०७० एमएम उँचाइ छ । यसको ह्विलबेस १३३५ एमएमको छ । त्यस्तै सिटको उँचाइ ८१० एमएम, ग्राउन्ड क्लियरेन्स १६० एमएम र टर्निङ रेडियस २.४ मिटरको छ ।

बाइकको तौल २८८ किलोग्राम छ । यसको सबैभन्दा उच्च गति भनेको १३० किमि प्रतिघण्टा छ । यामाहा एमटी १५ ग्रे ब्ल्याक, ब्ल्यू ब्ल्याक, अल ब्ल्यू र अल ब्ल्याक रङमा पाउन सकिन्छ ।

यामाहा एमटी १५ मा पनि आर १५ भी ३ कै जस्तो १५५ सीसीको लिक्विड कुल्ड सिङ्गल सिलिन्डर भेरिएबल भल्ब कैमशफ्ट टाइमिङका साथमा एक्चुएसन इन्जिन लगाइएको छ ।

छ स्पिड ट्रान्समिसन भएको यो इन्जिनले दस हजार आरपीएममा १९ बीएचपीको पावर र ८५०० आरपीएममा १५ एनएमको टर्क दिन्छ । यो इन्जिनमा फ्यूल इन्जेक्सन, सिङ्गल ओभरहेड कैमशफ्टका साथ फोर भल्ब हेड, डुअल च्यानल एबीएस पाइन्छ ।