दुवै घटनामा विमान चालकले टेकअफ गरेपछि विमानस्थलमा फर्कन पाऊँ भनी अनुरोध गरेका थिए, जसले कन्ट्रोलमा समस्या रहेको देखाउँछ । दुवै दुर्घटनामाथि अनुसन्धान भइरहे पनि यी समानताले एयरलाइन र नियामक निकायलाई सतर्क बनाएको छ ।
एजेन्सी । पाँच महिनाभन्दा कम समयको अन्तरमा व्यावसायिक हवाई उडानको अत्याधुनिक विमान बोइङ ७३७ म्याक्सका दुई ओटा विमान दुर्घटना भएपछि उड्डयन प्राधिकरण तथा एयरलाइन्सहरुले दुवै घटनाबीच समानता खोज्ने प्रयास गरिरहेका छन् । गत वर्ष २९ अक्टोबरमा जाकार्ताबाट उडेको केही समयमै लायन एयरको विमान बोइङ ७३७ म्याक्स ८ जाभा समुद्रमा खसेको थियो । त्यसको पाँच महिना बित्न नपाउँदै गत आइतबार इथोपियन एयरलाइन्सको सोही विमान अदिस अबाबाबाट नैरोबीका लागि उडेको केही मिनेटमै दुर्घटाग्रस्त भयो । यी दुवै दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएको छ ।
इथोपियन एयरलाइनको विमान दुर्घटनामा विश्वको त्रासपूर्ण प्रतिक्रिया किन आइरहेको छ ?
अदिस अबाबामा प्लेन कसरी दुर्घटना भयो भन्ने प्राथमिक कारण पनि हालसम्म निर्धारित नभैसकेको अवस्थामा, यसअघि सोही मोडलको विमान जाभा समुद्रमा दुर्घटना भएको घटनाले खतराको रातो झण्डा देखाएको छ । दुवै विमान उडेको मिनेटभरमै दुर्घटनामा परेक थिए । दुवै घटनामा विमान चालकले टेकअफ गरेपछि विमानस्थलमा फर्कन पाऊँ भनी अनुरोध गरेका थिए, जसले कन्ट्रोलमा समस्या रहेको देखाउँछ । दुवै दुर्घटनामाथि अनुसन्धान भइरहे पनि यी समानताले एयरलाइन र नियामक निकायलाई सतर्क बनाएको छ । चीन र इन्डोनेसिया प्रशासनले सथानीय एयरलाइनलाई बोइङ ७३७ म्याक्स ८ विमान सावधानीका लागि बन्द गर्न र त्यसको उडान योग्यता सुनिश्चित गर्न भनेका छन् । बोइङ ७३७ परिवारको सबैभन्दा पछिल्लो यो एयरक्राफ्टलाई ७३७ सञ्चालकहरुले रिप्लेस गर्नेबारे सोच बनाइरहेका छन् । बोइङको वेबसाइटअनुसार यसले अहिलेसम्म ३५० ओटा ७३७ म्याक्स ८ विमान आपूर्ति गरिसकेको छ ।
बोइङ ७३७ म्याक्समा के छ त समस्या ?
पछिल्लो बोइङ ७३७ मोडलमा मेनोइभरिङ क्यारेक्टरिस्टिक्स एजुमेन्टेसन सिस्टम एमसीएएस प्रणाली छ । यो प्रणालीले हाई एंगल अफ एटैकबारे जानकारी लिएर विमानलाई तलतिर फर्काउने काम गर्छ । यदि विमानले हाई एंगल एटैक थाहा पाउन सकेन भने यो स्टल हुन्छ अर्थात् उडानको क्रममा आकाशमै अड्किन सक्छ । यदि विमानको नोज एकदमै हाई भयो भने प्लेनले स्पिड लुज गर्छ र त्यो स्टल हुन्छ, जुन अवस्थामा यो आकाशमा अड्किन्छ र माथिबाट कुनै ढुङ्गा जसरी जमिनमा खस्छ । एमसीएएस प्रणाली यस्ता किसिमका भवितव्य रोक्नका लागि डिजाइन गरिएको हो । यद्यपि लायन एयरलाइनको विमानको केसमा त्यस विमानमा राखिएको एंगल अफ एटैकको सेन्सर उपकरणमा केही समस्या देखिएको थियो जसले गर्दा प्लेन स्टलमा जान लागेको एमसीएएसलाई गलत सूचना प्रवाह भएको थियो । इन्डोनेसियाको दुर्घटनाग्रस्त विमानका अनुसन्धानकर्ताले जारी गरेको रिपोर्टमा विमान दुर्घटना हुनुअघि तीन दिनसम्म गरेका प्रत्येक चार ओटा उडानमा मेन्टेनेन्स लगले हवाइगति र उचाइसम्बन्धी त्रुटि रेकर्ड गरेको थियो । ती चार ओटा उडानमा विमान चालकले त्रुटि सच्याउन सकेका थिए तर, अर्को फ्लाइटमा भने त्यो हुन सकेन ।
गत आइतबार दुर्घटना भएको इथोपियन बोइङ विमानले दुर्घटना हुनुअघि १४०० घण्टा मात्र उडान भरेको थियो र इथोपियन एयरलाइनको एकदमै राम्रो सुरक्षा रेकर्ड रहेको विश्वास गरिन्छ । लायन एयर र इथोपियन एयर दुवैका विमानचालक उडेको केही मिनेटमै विमानस्थलमा अवतरण गर्न चाहेको देखिन्छ । साथै दुवै विमानले एसेन्ट पोजिसनमा उड्दा भर्टिकल स्पिडमा ठूलो तलमाथि भएको अनुभव गरेका थिए । यहाँ थाहा पाउनु पर्ने कुरा के छ भने उड्डयन सुरक्षाविज्ञहरुका अनुसार विमानमा प्राथमिक एसेन्ट उडानको समयमा कहिल्यै पनि नकारात्मक भर्टिकल स्पिड आउनु हुँदैन । नकारात्मक भर्टिकल स्पिड त्यो समयमात्र आउँछ जब यो आफ्नो गन्तव्यमा पुग्न लागेको हुनछ र क्रुसिङ उचाइलाई छोडेर जाँदै गरेको हुन्छ । फ्लाइड ट्रेडरको तथ्याङ्क अनुसार यी दुवै लायन र इथोपियन एयरका विमानले अस्थिर भर्टिकल स्पिडको अनुभव गरेका थिए ।
छिमेकी मुलुक भारतले कस्तो सुरक्षा उपाय अपनाएको छ त ?
हाम्रो छिमेकी मुलुक भारतका एयरलाइन स्पाइस जेट र जेट एयरवेजले १७ ओटा यही मोडलको विमान सञ्चालन गरिरहेका छन् । लायन एयरको दुर्घटनापछि नागरिक उड्डयनका महानिर्देशक डीजीसीएले देशका दुवै एयरलाइनबाट दैनिक रिपोर्ट लिने प्रबन्ध मिलाएका छन् र हालसम्म त्यहाँ समस्या देखिने त्यस्ता कुनै घटना रेकर्ड भएका छैनन् । तर, पछिल्लो इथोपियन विमान दुर्घटनापछि यी विमानलाई बन्द नगरेको भारतले डीजीसीएमार्फत सोमबार दुवै एयरलाइनलाई थप सुरक्षा सुझाव दिदैँ आएको छ । लायन एयर दुर्घटनापछि डिसेम्बर ३ मा डीजीसीएले निर्देशिका जारी गर्दै एयरलाइनले सो विमानका आफ्ना सबै कर्मचारी प्रशिक्षणमा गएको सुनिश्चि गर्नुपर्ने साथै विमानका कमान्डिङ पाइलटसँग बोइङ ७३७ एनजी उडाएको कम्तीमा हजार घण्टाको अनुभव र सहपाइलटलाई पाँच सय घण्टाको अनुभव हुनुपर्ने म्यान्डेट राखेको छ ।
के विश्वमा कुनै एयरक्राफ्ट मोडलमा समस्या पाइए त्यसका सबै विमान ग्राउन्डेड भएका छन् ?
कुनै पनि विमानको सुरक्षा चिन्तालाई हाइलाइट गर्ने घटनाहरु भएको खण्डमा, त्यसका निर्माणकर्ता तथा त्यसको उत्पादनलाई अनुमोदन गर्ने देशको नियामक निकायले ती विमान बन्द गर्न आह्वान गर्छ । अमेरिकाको सन्दर्भमा यसको नियामक सङ्घीय उड्डयन प्रशासन (एफएए)ले २०१३ मा त्यही वर्ष लन्च भएको बोइङ ७८७ ड्रिमलाइनर विमानलाई बन्द गर्ने घोषणा गरेको थियो । प्लेनको लिथियम आयोन ब्याट्री तातेर त्यसमा आगो लाग्ने समस्या आएपछि अमेरिकाले त्यस्तो घोषणा गरेको थियो ।
एफएएले बन्द गरेपछि जापानको अल निप्पोन एयरवेज र जापान एयरवेजले पनि बन्द गरेका थिए । इथोपियन एयरवेजले पनि अदिस अबाबाको दुर्घटनापछि सो मोडलका आफ्ना सबै विमान बन्द गरेको छ । त्यही कदमलाई पछ्याउँदै चीन, इन्डोनेसिया, सिङ्गापुर, मोरोक्को आदि देशका एयरवेजले पनि यसलाई बन्द गरेका छन् ।
ईयूले पनि प्रतिबन्ध लगायाे, हवाई भाडा वृद्धि हुनसक्ने
विभिन्न अन्तराष्ट्रिय समाचारका अनुसार ईयूले पनि बोइङ ७३७ म्याक्स प्रतिबन्ध गरेकाे छ । फलस्वरूप अब निकट भविष्यमै हवाई भाडा वृद्धि हुने सङ्केत देखिएकाे छ ।