फेसबुक र इन्स्टाग्राममा समस्या

फेसबुक र इन्स्टाग्रामले समस्याको पहिचान गर्न ट्वीटरसँग मद्दत मागेका छन् । कुनै एपहरु राम्ररी चलिरहेका छन् भने कतिपय फेसबुक  र इन्स्टाग्राममा लग इन गर्न समस्या देखिएको छ ।

एजेन्सी । विश्वभरिका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताहरुले बुधबार राति दुवै सामाजिक सन्जालमा समस्या आएको बताएका छन् । डाउन डिटेक्टरका अनुसार आज बिहान पनि भारत, बंग्लादेश, ब्राजिल, सिंगापुर र अर्जेन्टिनालगायत मुलुकहरुमा ह्वाटसएपमा समस्या देखिएको छ ।

फेसबुक र इन्स्टाग्रामले समस्याको पहिचान गर्न ट्वीटरसँग मद्दत मागेका छन् । कुनै एपहरु राम्ररी चलिरहेका छन् भने कतिपय फेसबुक  र इन्स्टाग्राममा लग इन गर्न समस्या देखिएको छ ।

यी प्लेटफर्ममा लग इन गर्ने प्रयोगकर्ताले पनि ती सेवाहरु प्रयोग गर्दा ब्लेकआउटको समस्या झेलेको रिपोर्ट गरेका छन् ।

फेसबुकले बुधबार ट्वीट गर्दै भनेको छ, ‘हामीलाई यस विषयमा जानकारी भएको अहिले कतिपय प्रयोगकर्ताहरुलाई फेसबुक तथा यसका एपहरु प्रयोग गर्न समस्या भइरहेको छ । हामी यो समस्या समाधान गर्न जतिसक्दो चाढो काम गरिरहेका छौं ।’

समस्या समाधानका लागि काम गरिहेको फेसबुकले देखा परेको याे क्षणिक समस्या डीडीओएस अर्थात डिस्टिब्यूट डेनियल अफ सर्भिससँग सम्बन्धित नभएको टवीट गर्दै बताएको छ ।

डीडीओएस अटैक एक किसिमको साइबर एटैक हो जहाँ धेरैवटा कम्परमाइज सिस्टमहरु टोरोजनबाट इन्फेक्टेड हुन्छन् । यसलाई सेवा रोक्का गर्नका लागि सिंगल सिस्टममा टार्केट गरिन्छ ।

इन्स्टाग्रामले पनि यो समस्यामाथि काम गरिरहेको बताएको छ । केही प्रयोगकर्ताले आफूहरुले फेसबुकबाट टिन्डर र स्पोटीमा लग इन गर्न नसकेको रिपोर्ट गरेका छन् ।