पुरानै फिचरसहित बजाज पल्सर १५० अब नयाँ रङमा

बजाजले यो नयाँ बाइकलाई मात्र नयाँ रंग नियाेनमा ल्याएकाे छ । नयाँ पल्सर नियाेन पूर्णरुपमा पहिलेबाटै बजारमा रहेको पल्सर १५० को क्लासिकमा बेस छ ।

एजेन्सी । बजाज अटो इन्डियाले आफनो सबैभन्दा प्रसिद्ध बाइक पल्सर १५० क्लासिकको नयाँ भेरियन्ट लन्च गरेको छ । यसमा कम्पनीले विशेष परिवर्तन केही गरेको छैन ।

बजाजले यो नयाँ बाइकलाई मात्र नयाँ रंग नियाेनमा ल्याएकाे छ । नयाँ पल्सर नियाेन पूर्णरुपमा पहिलेबाटै बजारमा रहेको पल्सर १५० को क्लासिकमा बेस छ ।

परिवर्तनको रुपमा यसको हेडल्याम्पको साइड, साइडको प्यानल, ग्रैब रेल, थ्रीडी लोगो र  एलोए ह्वीलमा नियोन रङले हाइलाइट गरिएको छ । तर, कम्पनीले बाइकको प्राविधिक पक्षमा भने कुनै पनि परिवर्तन गरेको छैन ।

यसमा पहिलेको जस्तै १४९ सीसीको एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन पाइन्छ । यसले १४ बीएचपीको पावर र तेह्र पोइन्ट चार एनएमको टर्क दिन्छ । सस्पेन्शनका लागि बाइकको फ्रन्टमा टेलिस्कोपिक फक्स र यसको रियरमा ट्वीन गैस चार्ज शक अब्जर्बर लगाइएको छ ।