फेसबुकको गड्बडीले टेलिग्राम प्रयोगकर्ताको संख्या बढ्यो, २४ घण्टामै ३० लाख अकाउन्ट साइन

बुधबार बेलुकी र विहीबार बिहानसम्म फेसबुकका स्वमत्विमा रहेका प्लेटफर्महरुमा समस्या देखिएसँगै बिहीबार, सन्देशहरुलाई उच्च सुरक्षा दिने टेलिग्रामको अकाउन्ट खोल्ने नयाँ प्रयोगकर्ताहरुको संख्या ह्वतै बढेको देखिएको थियो ।

एजेन्सी । फेसबुक र उसका ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरजस्ता प्लेटफर्महरुको सेवा केही घण्टाका लागि अवरुद्ध हुँदा मोबाइल म्यासेज प्लेटफर्म टेलिग्राम प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ । बुधबार बेलुकी र विहीबार बिहानसम्म फेसबुकका स्वमत्विमा रहेका प्लेटफर्महरुमा समस्या देखिएसँगै बिहीबार, सन्देशहरुलाई उच्च सुरक्षा दिने टेलिग्रामको अकाउन्ट खोल्ने नयाँ प्रयोगकर्ताहरुको संख्या ह्वतै बढेको देखिएको थियो ।

टेकक्रन्चको रिपोर्टका अनुसार फेसबुकको अवरोध अवधिभरी टेलिग्रामले करिब ३० लाख नयाँ प्रयोगकर्ताहरु बनाएको थियो । टेलिग्रामका संस्थापक पाभेल डुरोभले आफ्नो पेजमा आफूले २४ घण्टाको समयभित्र ३० लाख प्रयोगकर्ताहरुले टेलिग्रामको अकाउन्टमा साइन गरेको देखेको लेखेका छन् ।

बुधबार फेसबुक र उसका अन्य प्लेटफर्महरुमा देखा परेको व्यापक अवरोधपछि फेसबुक पुनः पुरानो अवस्थामा आए पनि प्रयोगकर्ताहरुले अझै त्यस्ता समस्याहरुको सामना गरिरहेको छिटफूट गुनासोहरु आइरहेका छन् । संस्थापक डुरोभले आफ्नो प्लेटफर्ममा असल गोपनीयताको व्यवस्था भएको र सबैका लागि असिमित स्थान भएको बताएका छन् । टेलिग्रामको मासिक २० करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।