लोयल्टी बोनस अन्तर्गतको १५ हजार रुपैयाँसम्म ४ बर्षको निशुल्क सेवा दिने पनि कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेताले विहीबारदेखि एक्स्चेन्ज योजना सुरु गरेको छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सञ्चालन सुरु गरेको यो योजना यही चैत ५ गतेसम्म सञ्चालन हुने छ ।
एक्स्चेन्ज कार्यक्रम सहित स्पट एक्स्चेन्ज तथा मूल्यांकन, सरल वित्तीय तथा विमा सेवा, आकर्षक नगद छुट्को व्यवस्थासमेत गरेको इन्टरकन्टिनेन्टलले जनाएको छ ।यसका साथै लोयल्टी बोनस अन्तर्गतको १५ हजार रुपैयाँसम्म ४ बर्षको निशुल्क सेवा दिने पनि कम्पनीले जनाएको छ ।
हुन्डाई अल न्यू स्यान्ट्रोसँग कुनै पनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै अल न्यू स्यान्ट्रोको प्रत्येक टेस्ट ड्राईभमा आकर्षक हुन्डाई उपहारहरु प्रदान गर्ने पनि इन्टरकन्टिनेन्टलले जनाएको छ ।