एजेन्सी । भारतलगायत नेपालमासमेत लोकप्रिय मानिएको होण्डाको कारहरुमा खराबी आएपछि कम्पनीले आफ्ना कारहरु फिर्ता मगाएको छ । होण्डा कम्पनीले सुरक्षा सम्बन्धी कमजोरी रहेको भनिएका आफ्ना करिब एक दर्जनजति मोडलका गाडीहरु फिर्ता मगाएको बताइएको छ । अहिले कम्पनीले अमेरिका र क्यानडाबाट करिब दश लाख आफ्ना गाडीहरु फिर्ता मगाएको खबर छ । श्रोतका अनुसार होण्डा गाडीको ड्राइभर सिटमा केही खराबी पाइएपछि कम्पनीले यस्तो कदम उठाएको हो ।
क्यानडाको यातायात सुरक्षा संस्थाकाअनुसार होण्डा कारको एयरब्यागमा देखिएको खराबीको कारण अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ भने एकसय जना गम्भीर घाइते भइसकेको खबर छ । क्यानडाको सुरक्षा रेग्युलेटरको आंकडा अनुसार सन् २००१ देखि २०१० सम्म बिक्री भएका कारहरुमा यस्ता किसिमका खराबीहरु पाइएका थिए ।
एक अंग्रेजी वेभसाइटको अनुसार क्यानडामा अहिले त्रूटिपूर्ण एयरब्याग भएका करिब ८४ हजार गाडीहरु छन् । अमेरिकामा यसको दश गुणा बढी खराब एयरब्याग भएका कारहरु छन् ।
कम्पनीले फिर्ता मगाएका गाडीहरुको सूची
होण्डा एकोर्ड
होण्डा सिआर भि
होण्डा सिभिक
होण्डा इलिमेन्ट
होण्डा ओडेसी
होण्डा पाइलट
होण्डा रिजलाइन
होण्डा एमडिएक्स
होण्डा इएल
होण्डा टिएल
होण्डा सिएल