हिकभिजन एनलग टर्बो एचडी ४.० र डीभीआर इजी आईपी ३.० नेटवर्क सीसी क्यामेरा बजारमा

ग्राहकको नयाँनयाँ मागलाई सुहाउँदो नयाँ फिचरका साथ कम्पनीले टर्बो एचडी क्वालिटीका सीसी क्यामेरा नेपाली बजारमा भित्र्याएको छ ।

नेसनल कम्प्युटर वल्र्डले हिकभिजन एनलग टर्बो एचडी ४.० र डीभीआर हिकभीजन इजी आईपी ३.० नेटवर्क एनभीआर मोडेलका दुई नयाँ सीसी क्यामेरा बजारमा ल्याएको छ।

ग्राहकको नयाँनयाँ मागलाई सुहाउँदो नयाँ फिचरका साथ कम्पनीले टर्बो एचडी क्वालिटीका सीसी क्यामेरा नेपाली बजारमा भित्र्याएको छ । आठ मेगापिक्सल रिजोलुशन र ४के अल्ट्रा एचडीका साथ धेरै क्षेत्रफलसम्म खिच्नसक्ने, क्षमताको यो सीसी क्यामेरा सुप्रिम कम्प्यारिजन एच २६५, एच २६५प्लस हाफ ब्यान्डविथ, हाफ स्टोरेज, क्राेम्याटिक नाइट भिजन स्टारलाइन, अल्ट्रा लोलाइट प्रविधिका छन् । क्यामेरामा एउटै कोक्स केबलमा भिडियो र पावर दुवै प्रवाह हुने (पीओसी२.०) जस्ता विशेषता छन् ।

‘एनलग टर्बो एचडी क्यामेराले ठूलो मेला तथा भीडभाडमा खिचेको भिडियोमा पनि सहज तरिकाले मान्छे चिन्न सकिने तथा लामो रेन्जसम्म पनि अनुगमन गर्न प्रयोग गरिने भएकाले बजारमा यसको माग बृद्धि भएको छ’, नेसनल कम्प्युटर वल्र्डका अमित महर्जनले भने ।

कम्पनीले उपयोगी फिचरका साथ इजी आईपी ३.० नेटवर्क मोडेलका क्यामेरामा पनि बजारमा ल्याएको छ, जसमा एच २६५ प्लस स्मार्ट कोडेक, सानदार ब्यान्डविथ लाइट र स्टोरेज सेभर, ४के सम्म अल्ट्रा एचडी रिजोलुसन, थोरै प्रकाशमा पनि स्पष्ट चित्र लिनसक्ने, भिडियो सामग्री एनालिटिक्स फङ्कसनहरु भएको यस क्यामेरामा लाइन क्रसिङ् फेस, जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ । अन्य विशेषतामा १२० डीबी वाइड डाइनामिक रेन्ज, एजाइर २.०, ट्रिपल स्ट्रिम, फ्रि हिक कनेक्ट सर्भिस लगायतका महत्त्वपूर्ण फिचर छन् ।

एनलग सीसी क्यामेराको मूल्य २ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।