काठमाडौं । एभरेष्ट बैंकले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ । एभरेष्ट बैंकले नर्भिक हस्पिटलसँगको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको छ ।
निशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए । कार्यक्रममा महिला सम्बन्धी स्वास्थ्य समस्याहरुको बारेमा पनि जागरुकता गराइएको थियो । साथै आदर्श कन्या निकेतनका महिला विद्यार्थीका लागी आत्मरक्षा शिविरको पनि आयोजना गरिएको थियो । एभरेष्ट बैंकले आफ्नो सामाजिक दायित्वको बोध गर्दै अत्याधिक मात्रामा मानिसहरुलाई लाभ हुने गतिविधि साथै कार्यक्रमहरु गर्दै आएको छ ।
एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । त्यसबाहेक, बैंक हालै क्यामेलस् रेटिङअन्तर्गत उत्कृष्ट मूल्याङकन पाउने कमर्सीयल बैंकको स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।