चौतर्फी दबाबपछि डेरी क्षेत्रलाई ‘नेगेटिभ लिस्टमा’ समाबेश

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन (फिटा) माथि शुक्रबार सांसदबीच भएको दफाबार छलफल पछि डेरी, माछापालनलगायत क्षेत्रलाई नेगेटिभ सूचीमा राखेको छ । किसान र डेरी उद्योगलाई धरासायी कानुन मन्त्रालयले डेरी क्षेत्रम विदेशी लगानी खुला गरेको थियो । व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए ।

काठमाडौं । सरकारले डेरी उद्योगलाई तहसनहस बनाउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गरे पनि संसद् अन्तर्गतको उद्योग, वाणिज्य, श्रम, उपभोक्ताहित सम्बद्ध समितिले डेरी क्षेत्रलाई नेगेटिभ लिस्टमा राखेर संसदमा पठाएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन (फीटा) माथि शुक्रबार सांसदबीच भएको दफाबार छलफल पछि डेरी, माछापालनलगायत क्षेत्रलाई नेगेटिभ सूचीमा राखेको छ । किसान र डेरी उद्योगलाई धरासायी कानुन मन्त्रालयले डेरी क्षेत्रम विदेशी लगानी खुला गरेको थियो । व्यवसायीले त्यसको विरोध गर्दै आएका थिए ।

यस अघिको फिटामा डेरी क्षेत्रलाई नेगेटिभ लिस्टमा राखिएको छ । अहिले विना कारण फेरी सूची परिवर्तन गरेको थियो । तर, सांसद् र व्यवसायीले त्यसको विरोध गरेका थिए । विद्येयक संसदमा पारित भएमा डेरीमा आउन विदेशी लगानीलाई प्रतिवन्ध लाग्ने छ ।

यस सम्बन्धी थप समाचार 

१) डेरी उद्याेगमा कानुन मन्त्रालयको ‘बदनियत’ : सत्तापक्षकै सांसदले हाले संशोधन प्रस्ताव