नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा २, हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको हो ।
दोस्रो चरणको निर्वाचनपछि निगमले ४ पटक मूल्य बढाएको हो । निगमको घाटा बढ्दै गएपछि निगमले १५ दिनको अन्तरालमा मूल्यबृद्धि गर्दै आइरहेको छ ।
बिहीवार रातीबाट कार्यान्वयन हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ, डिजेल र मट्टीतेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ एक किलोलिटरको १ हजार डलर पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको भाउ बढेपछि मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । मूल्य बढाए पनि पाक्षिक घाटा १४ करोड ९२ लाख रुपैयाँ रहेको निगमले जनाएको छ ।