उनले भनिन्, ‘उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाइसकेपछि देशैभरका २४४ ओटा मालपोत र नापी कार्यालय एकवर्षभित्र डिजिटल बनाउने गरी हामी अगाडी बढेका छौँ ।’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौंको कलंकी मालपोत कार्यालयको अनुगमन गरेकी छिन् । सरकारले घोषणा गरेको डिजिटल नेपाल अभियान अन्तर्गत कलंकी मालपोत कार्यालय विद्युतीय प्रणालीबाट संचालन सुरु भएको थियो । विद्युतीय प्रणालीबाट कसरी कामकारबाही भईहेको छ ? भन्ने विषयमा अनुगमन गर्न मन्त्री अर्याल कलंकी मालपोत कार्यालय पुगेकी हुन् ।
अनुगमनपछि मन्त्री अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरुलाई एक वर्ष भित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने र उपत्यकाभित्रका मालपोत र नापी कार्यालयलाई आगामी असार मसान्तसम्ममा डिजिटल बनाई सकिने बताइन् ।
उनले भनिन्, ‘उपत्यकाका सबै मालपोत कार्यालय डिजिटल बनाइसकेपछि देशैभरका २४४ ओटा मालपोत र नापी कार्यालय एकवर्षभित्र डिजिटल बनाउने गरी हामी अगाडी बढेका छौँ ।’