नेपाल गुणस्तर तथा नापतौल विभागले मनसा सिमेन्ट ईण्डस्ट्रिज प्रालि चन्द्रगढी ३ झापाबाट उत्पादित मनसा पीपीसी व्राण्डको इन्स्लोबल रेसिड्यू मापदण्ड अधिकतम २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकोले बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।
काठमाडौं । मापदण्ड नपुगेको भन्दै झापामा उत्पादित मनसा सिमेन्टलाई उत्पादन तथा बिक्री विरतणमा रोक लगाइएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले मनसा सिमेन्ट ईण्डस्ट्रिज प्रालि चन्द्रगढी ३ झापाबाट उत्पादित मनसा पीपीसी व्राण्डको इन्स्लोबल रेसिड्यू मापदण्ड अधिकतम २८ प्रतिशत हुनुपर्नेमा ३१.२ प्रतिशत भएकोले बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।
उनले नेपाल गुणस्तर प्रमाणचिन्ह ऐन तथा नियमावलीको दफा(१३) अनुसारको कानुनी कार्वाही प्रक्रियाा लागि स्पष्टिकरण माग गरिएको बताए ।
गुणस्तर विभागले झापामा गत फागुन १३ र १४ गते विभिन्न स्थानहरुमा बजार अनुगमण गर्दै विभिन्न ब्राण्डका सिमेन्टका नमूनाहरु संकलन गरी प्रयोगशालामा परीक्षण गराएको थियो ।