बिप्लवको ‘थ्रेट’ पछि भीआईपी, उद्याेगी र उद्योगमा सुरक्षा बढाइयो

बिप्लवले धेरै उद्योगी तथा उद्योग र केही भीआईपीलाई टार्गेटमा राखेको छ । ‘थ्रेट बढेपछि हामीले सरकारलाई यस विषयमा जानकारी गराएको हो,’ एक उद्योगीले भने, ‘उद्योगीसँग मोटो रकम चन्दा मागिरहेका छन्, तर हामीले दिएका छैनौ, त्यही भएर धम्की दिइरहेका छन् ।’

काठमाडौं । उद्योगधन्दा र व्यवसायीमाथि बिप्लव समूहले निसाना बनाएपछि सरकारले सुरक्षा बढाएको छ । बिप्लव समूहले बहुर्राष्ट्रिय कम्पनी माथि आक्रमण, व्यवसायीको घरमा बम बिस्फोट गराउने र केही उद्योगी र भआईपीलाई टार्गेट गरेपछि सरकारले उनीहरुका लागि सुरक्षा बढाएको हो ।

बिप्लवले देशका प्रतिष्ठित उद्योग तथा उद्योगी र भीआईपीलाई निसानामा बनाएपछि सरकारले सुरक्षा व्यवस्था कडा गरेको हो । चन्दा नदिएकै निउमा बिप्लव समूहले केही उद्योगीलाई निसानामा पारेर बम समेत पड्काएका थिए । केही उद्योगीलाई अहिले पनि निसानामा राखेको पाइएपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।

एक उद्योगीका अनुसार बिप्लवले धेरै उद्योगी तथा उद्योग र केही भीआईपीलाई टार्गेटमा राखेको छ । ‘थ्रेट बढेपछि हामीले सरकारलाई यस विषयमा जानकारी गराएको हो,’ एक उद्योगीले भने, ‘उद्योगीसँग मोटो चन्दा मागिरहेका छन्, तर हामीले दिएका छैनौ, त्यही भएर धम्की दिइरहेका छन् ।’

अराजक बन्दै गएपछि सरकारले गत साता बिप्लव समूहलाई प्रतिबन्द लगाएको थियो । सरकारले उक्त निर्णय गरेपछि झन अराजक बनेको बिप्लवले कलकारखाना, सरकारी सम्पति, वित्तीय संस्थाहरुका साथै भीआईपीलाई केन्द्रमा राखेर अघि बढेपछि सुरक्षामा सर्तकता बढाएको छ ।

चन्दा नदिएको भन्दै एनसेल मुख्यालय, बैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा, भरतपुर महानगरपालिकाको वडा कार्यालय बम विस्फोट गराएको थियो । बिप्लवले उद्योगी तथा उद्योगधन्दालाई टार्गेट बनाएर हिडेको र यसले बन्दै गरेको लगानीको वातावरण खल्वलिने भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भेटेर सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेका थिए ।

उद्योगीहरुले प्रधानमन्त्रीदेखि प्रचण्ड र दलका नेताहरुलाई भेटेर विप्लव समूहको गतिविधिका बारेमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
त्यसैगरी बिप्लव समूहका नेताहरुले मिडियामार्फत सत्ता पक्षका नेताहरुलाई धम्की दिन र स्थानीय निकाएका अधिकारीलाई राजिनामा दिन धम्की दिनेजस्ता कार्य गर्न थालेपछि प्रहरीले त्यतातिर पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

बिप्लव समूहका नेता कार्यकर्तालाई पक्राउ गर्न र उनीहरुका गतिविधिलाई पुर्णरुपमा निगरानी गर्न प्रहरी प्रधान कार्यालयले देशभरका ७७ जिल्ला प्रहरी कार्यालयललाई परिपत्र गरेको छ ।  गत साता सरकारले विप्लव समूहका सम्पुर्ण गतिविधिमा प्रतिबन्द लगाउने निणर्यसँगै सुरक्षा निकाएले सो समुहका नेता कार्यकर्ताालाई नियन्त्रण लिँदै आएको छ ।

राज्यको निर्देशन अनुसार देशैभर बिप्लव समुहका नेता कार्यकर्तालाई पक्राउ गर्ने भन्दै सम्पुर्ण प्रहरी युनिटमा परिपत्र गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।  उनका अनुसार विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका अपनाउन निर्देशन दिइएको छ ।

त्यसैगरी उद्योग कलकारखाना तथा सरकारी, गैरसरकारी कार्यालय तथा वृत्तीय संस्थानको पनि सुरक्षामा ध्यान दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।  प्रहरीले चैत्र १ गते यता बिप्लव माओबादीका पोलिटब्यूरो सदस्य मोहन कार्की सहित ११ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।  गृह मन्त्रालयले भरखरै सम्पन्न गरेको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा विप्लव समूहका गतिविधिका विषयमा गम्भीर छलफल भएको छ ।

यस  सम्बन्धी समाचार

विप्लव समूहले गत असारमै भारतीय लगानीका आयोजनामाथि आक्रमणको निणय गरेको थियो

‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

सरकारलाई कर नतिरे देशभरका एनसेल टावर ध्वस्त पार्ने बिप्लव समूहको चेतावनी