जिल्लास्थित सरकारी कार्यालयको विवरण कार्यालयका प्रमुख, तथा उपप्रमुख, गुनासा सुन्ने अधिकारी र सूचना अधिकारी, सेवाग्राही तथा सरोकारवालाले सेवा प्राप्तिका लागि दिनुपर्ने व्यक्तिगत निवदेनका नमूना फारम, आदिवासी जनजाति, दलित, मधेशी, खस, आदि, एप्समा छन् ।
पाल्प । पाल्पा जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको र त्यसका लागि एक लाख ४३ हजार ५१० रुपैयाँ खर्च भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।
उक्त एप्समा जिल्लाको सामान्य जानकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरण, नागरिक बडापत्र, कार्यालय प्रमुखको बैठक तथा निर्णय, मासिक प्रगति विवरण, अनुगमनका विवरणलगायत सेवाबारे सेवाग्राही तथा सरोकारवाला निकायले जानकारी लिनसक्न व्यवस्था गरिएको सूचना अधिकारी हुमबहादुर पाण्डेयले बताए ।
त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयको विवरण कार्यालयका प्रमुख, तथा उपप्रमुख, गुनासा सुन्ने अधिकारी र सूचना अधिकारी, सेवाग्राही तथा सरोकारवालाले सेवा प्राप्तिका लागि दिनुपर्ने व्यक्तिगत निवदेनका नमूना फारम, आदिवासी जनजाति, दलित, मधेशी, खस, आदि, एप्समा छन् ।
नाता प्रमाणित, नागरिकताको प्रतिलिपि प्राप्त गर्ने, नयाँ राहदानी उपलब्ध गराउन तथा द्रुत राहदानी उपलब्ध गराउन, पतिको नामथर वतन कायम गरी प्रतिलिपि प्राप्त गर्न,नागरिकता प्रमाणपत्रको अभिलेख प्रमाणितलगायत विवरण पनि एप्समा समावेश गरिएको उनले जानकारी दिए ।रासस