उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्डफ्लू फैलियो

महानिर्देशक डा.निर्मलका अनुसार टोखा र तारकेश्वर नगरपालिका क्षेत्रलाई बर्डफ्लू संक्रमण क्षेत्र घोषणा गरिएको छ भने त्यस क्षेत्रमा संक्रमण अझै फैलिन नदिनभेटेरिनरी तथा चिकित्सकको टोली खटाइएको छ ।

काठमाडौं । यव वर्ष पनि नेपालका विभिन्न जिल्लाहरुमा बर्डफ्लू रोगको संक्रमण देखिएको छ । यस वर्ष मकवानपुरको हेटौंडा उपमहानगरपालिका, काठमाडौंको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र कास्कीको मादी गाउँपालिका र चितवनमा रहेका पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ ।

विभागका अनुसार बर्डफ्लू रोगकै कारण अहिलेसम्म ६७ हजार कुखुरा मरिसकेका छन् । मकवानपुरमा ४२ हजार, तारकेश्वर र टोखा क्षेत्रमा २५ हजार र पोखरास्थित पोल्ट्री फार्मका झन्डै १०० ओटा कुखुरा बर्डफ्लू रोगका कारण मरेका पशु सेवा विभागका महानिर्देशक डा.बिमलकुमार निर्मलले जानकारी दिए ।

महानिर्देशक डा.निर्मलका अनुसार टोखा र तारकेश्वर नगरपालिका क्षेत्रलाई बर्डफ्लू संक्रमण क्षेत्र घोषणा गरिएको छ भने त्यस क्षेत्रमा संक्रमण अझै फैलिन नदिन भेटेरिनरी तथा चिकित्सकको टोली खटाइएको छ । उनले पोल्ट्री फार्ममा भएका कुखुराको परीक्षण गर्दा संक्रमण फेला परेपछि कुखुराको लेयर अन्डा, दाना र सक्रमण हुनसक्ने कुखुराहरु नष्ट गर्ने काम अघि बढाइएको बताए । ‘अहिलेसम्म मकवानपुर, काठमाडौं र कास्की र चितवनमा बर्डफ्लू संक्रमणबाट ६७ हजार कुखुरा मरेका छन् ।’ उनले भने, ‘संक्रमण रोक्न अन्डा र दाना नष्ट गरेका छौं । संक्रमण भएको थाहा पाउनासाथ भेटेरिनरी डाक्टर खटाएका छौं ।’

डेढ वर्षसम्म पालिएका कुखुरा र अन्डा पार्ने कुखुरामार्फत संक्रकमण बढी फैलिएको संक्रमित क्षेत्रमा खटिएका चिकित्सकहरुले बताएका छन् । बर्डफ्लू मानिस सर्ने रोग भएपनि नेपालमा अहिलेसम्म संक्रमण नदेखिएको वरिष्ठ पशु विकास अधिकृत तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. नारायण श्रेष्ठले बताए । उनले खुल्ला रुपमा कुखुराको आयात, जैविक सुरक्षा अवलम्बन, बर्डफ्लूको भ्याक्सिन तथा चेकजाँच नगर्दा संक्रण सर्ने बताए ।
यसबाट बच्नका लािग आम उपभोक्ता आफँै सचेत बन्नुपर्ने उनको सुझाव छ । बर्डफ्लू रोगका कारण कुखुरा मर्न थालेपछि कुखुरा व्यवसायीहरु भने चिन्तित् बनेका छन् । बर्डफ्लूकै कारण कुखुरा व्यवसायीहरुले बर्षेनी ठूलो नोक्सानी बेहोर्दै आएका छन् ।

विभिन्न जिल्लाहरुमा बर्डफ्लूको संक्रमण बढ्न थालेपछि  काभ्रेपलाञ्चोकका नाकामा भने बर्डफ्लू चेक प्वाइन्ट स्थापना हुने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको हो ।

जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने उद्देश्यले मङ्गलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य सङ्क्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्र प्रमुख डा.मोगलप्रसाद शाहले जानकारी दिए । उनले स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन गर्ने बताए । उनकाअनुसार नेपाल भेटेरिनरी एशोसिएसनले पंक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ ।

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मङ्गलटार नाका, काठमाडौंबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राखिने भएको हो ।

आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ । सरकारद्वारा विसं २०७४ मा जारी संशोधित आदेशमा बर्डफ्लू रोगको रोकथाम र नियन्त्रण गर्न प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समिति रहने उल्लेख छ ।