यो युगमा मानिसहरु तथ्यांक चुहावट, विज्ञापन ट्र्याक र अन्य मूल धारका वेबले सामना गरिरहेको गोपनीयता जस्ता मुद्दाबाट बचेर हिँड्न चाहन्छन् । कतिपय अवस्थामा मानिस सरकारले उनीहरुको अनलाइन क्रियाकलापमाथि निगरानी राखेको ठाउँमा बसेका हुन्छन् ।
एजेन्सी । ‘स्पुकी तिम्रो सूचना डार्क वेबमा हुन सक्छ…’ तपाईंले कहिल्यै मध्यरातमा विदेशी टेलिभिजन च्यानलमा यस किसिमको डरलाग्दो विज्ञापन हेर्नुभएको छ, जसको उद्देश्य तपाईंलाई डराउनु हुन्छ ।
हेर्नुभएको छ भने तपार्इंलाई के लाग्छ डार्क वेब विज्ञापनले डर देखाएको जस्तै खतरनाक हुन सक्छ ?
डार्क वेबको खतरा र यसको फाइदाबारे हामीले यहाँ सानो पृष्ठभूमि तयार पारेका छौं ।
डार्क वेब के हो त ?
डार्क वेब भनेको इन्टरनेटको एउटा हिस्सा हो, जुनभित्र औसत इन्टनेट प्रयोगकर्ताले प्रयोग गर्ने गुगल, फायरफक्स जस्ता सर्च इन्जिनबाट पहुँच पुर्याउन सकिँदैन । डार्क वेबभित्र रहेका वेबसाइट र सञ्जालहरुलाई औसत इन्टरनेट प्रयोगकर्ताबाट लुकाइएको हुन्छ र यो एकदमै इन्क्रिप्टेड अर्थात् कोड भाषामा राखिएको हुन्छ ।
डार्क वेब वास्तवमा डिप वेबको एउटा उपशाखा हो । डिप र डार्कलाई सामान्यतया पर्यायवाची शब्दको रुपमा प्रयोग गर्ने गरिन्छ । तर यो दुबै शब्दमा ठूलो भिन्नता रहेको छ । औसत इन्टरनेट प्रयोगकर्ताको पहुँच पुग्न नसक्ने अथवा लुकाइएका सम्पूर्ण वेबहरु डिप वेबभित्र रहेका हुन्छन् । वास्तवमा यो ती सम्पूर्ण यत्रतत्र तथ्यांक, वेब पेजहरु र जुनसुकै कुराहरु रहेको एउटा ठाउँ हो, जसलाई कानुनी रुपमा हेर्न मिल्दैन अथवा हेर्नका निम्ति विशेष अनुमति आवश्यकता पर्दछ । यसभित्र वेबसाइट ब्याकेन्ड पनि पर्छ ।
डार्क वेबभित्र धेरै अवैधानिक क्रियाकलाप पनि हुने वास्तविकता एक ठाउँमा छ । तर वेब एक्सेसका लागि यो एकदमै सुरक्षित बाटो हो । विशेषगरी उनीहरुका लागि जो मानिसहरु कडा साइबर नियम अथवा इन्टरनेट वस्तु उपभोग जस्तै पोर्नमा प्रतिबन्ध लगाइएको क्षेत्रभित्र बस्छन् ।
तर मासिनहरु कसरी यस किसिमको जटिल डार्क वेबमा लग इन गर्न सक्छन् भन्ने कुरामा अझै पनि धेरै मानिस दोधारमा छन् ।
सामान्य रुपमा भन्नुपर्दा यस्तो वेबमा प्रवेश पाउनका लागि प्रयोगकर्ताले केही टुल्समा लगानी गर्नुपर्छ जस्तो राम्रो भीपीएन जसले तपाईंको अनलाइन क्रियाकलापलाई सरकार, इन्टरनेट सेवाप्रदायक र नयाँ ब्राउजरबाट गोप्य राख्न सक्छ । यसका लागि तपाईंलाई चाहिने सबैभन्दा कमन अप्सन भनेको टोर हो यो एउटा प्राइभेट ब्राउजर हो जुन तपार्इंको कम्प्युटरमा नभएर यूएसबीमा बस्ने गर्छ । यहाँ अन्य अप्सन पनि छन् । तर तपाईंले यो जटिल व्यापक वेबमा हामफाल्नुअघि यसबारे धेरै जानकारी लिँदा राम्रो हुन्छ ।
डार्क वेबको किन खराब नाम छ ?
यसको खराब नाम हुनुको पछाडिको मुख्य कारण भनेको यसले इन्टरनेटमा आपराधिक क्रियाकलापलाई सघाउनु नै हो । तपाईंले यसबाट लागुऔषध, बन्दुक र क्रेडिट कार्ड नम्बर किन्न सक्नुहुन्छ । साथै ह्याक्ड भएका नेटफ्लिक्स अकाउन्टमा पहुँच पुर्याउन सक्नुहुन्छ । साथै त्यस्ता सफ्टवेयर प्राप्त गर्न सक्नुहुन्छ, जसबाट अरुको अकाउन्टभित्र छिर्न सक्नुहुन्छ ।
तर यहाँ थाहा पाउनु आवश्यक कुरा के छ भने डार्क वेब खाली आपराधिक क्रियाकलापको लागि मात्र अस्तित्वमा आएको होइन यसका केही मान्य कारणहरु पनि छन् । बन्दुक, लागुऔषध र इलिगल पोर्न हेर्नबाहेक यहाँ लग इन गर्नका अन्य राम्रा कारण पनि छन् ।
यसले लुकाइएका सेवाहरुमा पहुँच पुर्याउन मद्दत गर्छ
लुकाइएका साइटहरुलाई टोरले प्रोटेक्ट गरेको हुन्छ, जहाँ गुगल र फायरफक्स प्रयोग गरेर पुग्न सकिँदैन । टोरले प्रोटेक्ट गरेको वेबसाइटहरु पब्लिकले देख्न त सक्छन् । तर उनीहरुको आइपी एड्रेस लुकाइएको हुन्छ ।
गुमनाम
यो युगमा मानिसहरु तथ्यांक चुहावट, विज्ञापन ट्र्याक र अन्य मूल धारका वेबले सामना गरिरहेको गोपनीयता जस्ता मुद्दाबाट बचेर हिँड्न चाहन्छन् । कतिपय अवस्थामा मानिस सरकारले उनीहरुको अनलाइन क्रियाकलापमाथि निगरानी राखेको ठाउँमा बसेका हुन्छन् ।
यस्तो अवस्थामा डार्क वेबले प्रयोगकर्तालाई सुरक्षित राख्छ । विशेषगरी त्यस्तो अवस्थामा जब उनीहरुको परिचय बाहिरिए उनीहरुको ज्यानलाई जोखिम हुन सक्छ । अहिले फेसबुक जस्तो सामाजिक सञ्जालमाथि प्रयोगकर्ताको डाटा चोरीको निर्मम आरोप लागेका छन्, कतिपायले धेरै सर्च इन्जिन र सामाजिक सञ्जाल एपहरु प्रयोग गर्छन् । तर उनीहरुलाई आफ्नो डाटा सुरक्षा छ वा छैन, प्रयोग गरिरहेको सम्बन्धित एपले आफ्नो डाटा चोरेको छ वा छैन भन्ने कुराहरु थाहा हुँदैन । यदि कोही मानिस वेबलाई सुरक्षित रुपमा ब्राउज गर्छ चाहन्छन्, डार्क वेबले राम्रो प्लेटफर्म उपलब्ध गराउँछ ।
डार्क वेबका लागि राम्रो अभ्यास
वास्तवमा विज्ञापनमा भनिए जस्तो डार्क वेब त्यति खतरनाक हुँदैन । यदि तपार्इंले केही सुरक्षा अपनाउनुभयो भने यसका लागि तपाईंले अनलाइनमा विचार पुर्याउन नसक्नुभएको कुराहरुमा राम्ररी ध्यान पुर्याउनुपर्छ ।
१) आफ्नो वास्तविक नाम, इमेल एड्रेस र फोटो कहिल्यै प्रयोग नगर्नुहोस् । सामान्य वेबमा प्रयोग गरेको जस्तो पासवर्ड प्रयोग नगर्नुहोस् । तपाईको वास्तविक जीवनको सानो छिटो तपाईंको विरुद्ध प्रयोग हुन सक्छ ।
२) माइक्रोफोन डिसकनेक्ट गर्नुहोस्, आफ्नो वेबक्याम ट्याप अप गर्नुहोस् र आवाज बन्द गर्नुहोस् । साथै यहाँ तपाईंले थाहा पाइराख्नुपर्नेछ कि तपाईंको क्यामेरा बन्द भएको अवस्थामा पनि एक्सेस हुन सक्छ ।
तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ । तर ह्याकर्सहरुले तपाईंको भिडियो, फोटो र तपाईको आवाजलाई तपाईंले थाहै नपाई रेकर्ड गर्न सक्छन् ।
यदि तपाई डार्क वेबमा हाम फाल्न चाहानुहुन्छ भने तपाईं कुनै अन्जान देश जानुअघि गरेको खोज अनुसन्धान जस्तै गर्नुपर्छ ।