सामसुङले लन्च गर्यो मिड रेन्जको ग्यालेक्सी ए२०, यस्ता छन् फिचर

सामसुङ ग्यालेक्सी ए२० मा ६.४ इन्च एचडी प्लस सुपर एमोलेड डिस्प्ले छ, जसमा १५६० बाई ७२० पिक्सल्स रेज्युलेसन छ । यसलाई कम्पनीकै एक्जाइनस ७८८४ प्रोसेसर पेयर्ड विथ एआरएम मा जी७१ जीपीयूले पावर्ड गरेको हो ।

एजेन्सी । सामसुङले नयाँ मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी ए२० रसियामा लन्च गरेको छ । यसको मूल्य रसियामा १३, ९९० रुबल तोकिएको छ । कम्पनीले हालसम्म यो स्मार्टफोनको ग्लोबल उपलब्धताबारे केही खुलासा गरेको छैन ।

यस उपकरणका प्रमुख फिचर भनेका ६.४ इन्च सुपर एमोलेड डिस्प्ले, एक्जाइनस ७८८४ प्रोसेसर, ड्युएल रियर क्यामेरा र ४००० एमएएच ब्याट्री हुन् ।

सामसुङ ग्यालेक्सी ए२० मा ६.४ इन्च एचडी प्लस सुपर एमोलेड डिस्प्ले छ, जसमा १५६० बाई ७२० पिक्सल्स रेज्युलेसन छ । यसलाई कम्पनीकै एक्जाइनस ७८८४ प्रोसेसर पेयर्ड विथ एआरएम मा जी७१ जीपीयूले पावर्ड गरेको हो ।

यो फोनमा ३ जीबी र्याम हुनेछ जसमा ३२ जीबी इन्टरनल स्टोरेज छ जसलाई माइक्रो एसडी कार्डबाट ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

यसको पछाडिपट्टि डुएल क्यामेरा सेटअप हुनेछ जसमा एउटामा १३ मेगा पिक्सल्स, १.९ को अपार्चर र दोस्रोमा ५ मेगा पिक्सल्स, २.२ अपर्चर रहने छ । यसको अगाडिको क्यामेरामा ८ मेगा पिक्सल्स र २.० अपर्चर रहने छ ।

सामसुङले यसअघि ग्यालेक्सी ए१०, ए३० र ए५० स्मार्टफोन लन्च गरिसकेको छ ।