कम मूल्यमै अट्ठाइस किमिसम्म माइलेज दिने गाडीहरू

विद्युतीय र हाइब्रिड गाडी यसको राम्रो समाधान हो, तर यो आउन अझै धेरै समय लाग्ला । आज हामी तपाईंलाई अट्ठाईस किमिसम्म माइलेज दिने केही गाडीहरुका बारेमा जानकारी दिँदैछौं ।

एजेन्सी । जतिसुकै नयाँ मोडलका अत्याधुनिक गाडी किन नआउन्, तर मानिसहरुले खोज्ने भनेको सधैं राम्रो माइलेज दिने गाडी नै हो । विद्युतीय र हाइब्रिड गाडी यसको राम्रो समाधान हो, तर यो आउन अझै धेरै समय लाग्ला ।

आज हामी तपाईंलाई अट्ठाईस किमिसम्म माइलेज दिने केही गाडीहरुका बारेमा जानकारी दिँदैछौं ।

१. होन्डा अमेज प्राइड एडिसन
यो हेर्दा कुनै प्रिमियम सेडान कारभन्दा कम देखिँदैन । यसको पहिलो फेसलिफ्ट भर्जन २०१६ मा लन्च भएको थियो । अमेज १.२ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिनमा पाइन्छ । यसको डिजल भर्जनको माइलेज सत्ताइस किमि प्रतिलिटर छ ।

२. सियाज
लामो समयसम्म मारुति सुजुकी सियाज भारतमा धेरै माइलेज दिने कारका रुपमा रह्यो । यसमा एसएचभीएस अर्थात स्मार्ट हाईब्रिड भेइकल इन्जिन पाइन्छ, जसले सियाजलाई २८.९ किमि प्रतिलिटर माइलेज दिन्छ ।

३. मारुति बलेनो
मारुति सुजुकीले हालै आफ्नो नयाँ मोडल २०१९ को बलेनो लन्च गरेको छ । यसमा साढे तीन वर्षपछि मिड लाइफ अपडेट आएको हो । यसले प्रतिलिटर २७.३९ किमि माइलेज दिन्छ ।

४. मारुति स्विफ्ट
मारुति सुजुकीले स्विफ्टको नयाँ भर्जन पछिल्लो वर्ष लन्च गरेको थियो । यसमा पूरै डिजाइन र क्याबिन पनि अपडेटेड छ । यसले प्रतिलिटर २८.४० किमि माइलेज दिन्छ ।

५. मारुति सुजुकी डिजायर
मारुतिको लोकप्रिय कार डिजायर आफ्नो सेग्मेन्टको निकै राम्रो कार हो । यसमा डिजल र पेट्रोल भर्जन छ र विकल्पका रुपमा एएमटी पनि दिइएको छ । डिजायरको पेट्रोल भर्जनले २२ किमि प्रतिलिटर दिन्छ भने डिजलले २८.४ किमि प्रतिलिटर माइलेज दिन्छ ।