‘सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति आजदेखि यूरोप भ्रमणमा

चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गका सम्बन्धमा आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकहरूमा बीआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मुलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकहरूमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेका छन् l

बेइजिङ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँच दिने भ्रमणलाई फ्रान्समा लगेर टुङ्ग्याउने कार्यक्रम रहेको चीनले जनाएको छ ।

यूरोपियन यूनियनले (इयू) १०–बुँदे योजना सार्वजनिक गर्दै बेइजिङसँगको सम्बन्धमा थप विश्वासको वातावरण बनाउँदै अघि बढ्ने प्रतिवद्धता आएको एक हप्तापछि हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । इयूले आफ्नो योजनामा चीनलाई उक्त समूहको एक ‘प्रतिस्पर्धी’ का साथसाथै एउटा ठूलो व्यापारिक साझेदार मुलुकका रूपमा अर्थ्याएको छ ।

तर सीले आफ्नो भ्रमणका क्रममा चीनले इटालीसँग बेल्ट एण्ड रोड (बिआरआई) कार्यक्रम आरम्भका लागि एक ट्रिलियन डलर बराबरको गैर–बन्धनकारी सहमति गर्ने अपेक्षा गरिएको छ ।

चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गका सम्बन्धमा आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकहरूमा बीआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मुलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकहरूमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेको छन् ।

यो महत्वाकांक्षी अभियानमा अन्तराष्ट्रिय मुद्रा कोषले विकशित अर्थतन्त्र भएका मुलुकहरू, जुन जी सेभेन समूहमा पर्छन् । मध्ये इटाली सहभागी हुने कुराले उसका सहयोगी पश्चिमी मुलुकहरू क्यानडा, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, फ्रान्स भने आशङ्का व्यक्त गरेका छन् ।

ह्वाइट हाउसका अधिकारी गारेत माक्युसले गत हप्ता ट्वीट गर्दै इटालीले चीनको महत्वाकांक्षी पूर्वाधार आयोजनालाई अनुमोदन गर्न यससँग जोडिन ‘आवश्यक नरहेको’ उल्लेख गरेका थिए । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले यूरोपेली मुलुकहरूले बेइजिङसँग ‘समन्वयकारी दृष्टिकोण’ राख्नुपर्ने र ‘समानताको भाव तथा पारस्परिक आदानप्रदान’ का लागि सहकार्य गनुपर्ने बताएका छन् ।

इटालीयाली सञ्चारमाध्यममा प्रकाशित गैर–बन्धनकारी सम्झौता पत्रको प्रस्तावनाबाट चीन र इटालीबीच आपूर्ति, पूर्वाधार लगानी, आर्थिक तथा वातावरणीय क्षेत्रमा समन्वय गर्न चीन र इटाली सहमत भएका छन् । बेइजिङले ट्रिएस्टे र जेनोआजस्ता इटालीका बन्दगाहहरूमा लगानी गर्न चाहेको छ, जसका कारण यूरोपका बजारका लागि चिनियाँ पहुँचलाई सहज बनाउनेछ, मिलान पोलिटेक्निक व्यवसायिक विद्यालयका चीन मामिला विज्ञले बताए ।

इटालीको गठबन्धन सरकारमा संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टका प्रमुखले हुवावेलाई परीक्षण गर्न इच्छुक देखिएपछि अति–दक्षिणपन्थी समूहका उप प्रधानमन्त्री भने देशको सुरक्षा खतरालाई लिएर विशेष सतर्क हुनुपर्ने मत व्यक्त गर्दै आएका छन् । सीले फ्रान्समा म्याक्रोनलाई भेटी फोर–जी सेवामा हुवावे कम्पनीको सामान प्रयोग गरेका दुई टेलिकम सञ्चालकलाई फाइभ–जी सेवाको परीक्षणका लागि पहल हुने विश्वास गरिएको छ ।
हुनत फ्रान्स सरकारले हुवावेको सेवा लिँदा सुरक्षा खतरा हुने भन्दै तत्काल हुवावको फाइभ–जी सेवा नलिन कम्पनीहरूलाई आग्रह गरेको छ यद्यपि फ्रान्सले सेवा नलिने निर्णय नै गरिसकेको छैन ।

यूरोप भ्रमणका लागि सीको दोस्रो गन्तव्य मोनाकोले भने फाइभ–जी प्रयोगका लागि यस पहिले नै सम्झौता गरिसकेको छ । हुवावेको ‘फाइभ–जी नेशन’ कार्यक्रमले आफुजस्ता गरिब मुलुकका लागि ठूलो सहयोग हुने, मोनाकोको टेलिकम कम्पनीका अधिकारीहरूले बताएका छन् । सीले क्यासिनो तथा ग्रान्ड प्रिक्स मोटर प्रतिस्पर्धाका लागि ख्यातिप्राप्त स्वतन्त्र राज्य मोनाकोका राजकूमार अल्वर्ट द्वितीयसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

‘भूमध्यसागर तथा ब्लाक सी क्षेत्रमा चीनको बिआरआई आयोजनाको असाधारण गन्तव्यका रूपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ ।’ पेरिसस्थित इन्स्टिच्युट मोन्टाग्नीका एशियाका लागि सल्लाहाकार फ्रान्कोँ गोडमेन्टले भने । रासस/एएफपी