काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमईका १ सय ३४ ओटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्पmबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्पmबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले १ सय ३४ वटा शाखा, १५ वटा राजस्व सङ्कलन काउण्टर, १ सय ४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १ सय २१ शाखा रहित बैङ्किङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।