सिप्रदी कन्ष्ट्रक्सन एक्स्पाे नैकापमा, एक्स्पोमा गाडि किन्नेलाई दुई किलो चाँदीदेखि यूरोप टुरसम्मको अफर

काठमाडौं । सिप्रदी टेडर्सले चैत ८ र ९ गते नैकापमा शिप्रदी कन्ष्ट्रक्सन एक्सपो आयोजना गर्दैछ । कम्पनीले शुक्रबार एक्सपोको उदघाटन गर्दैछ । उक्त एक्सपोमा कन्ष्ट्रक्सन क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण रेन्जका गाडीहरु प्रदर्शन गराइने छ ।

कन्ष्ट्रक्सन क्षेत्र तथा सिमेन्ट उद्योगलाई केन्द्रमा राखेर मेला आयोजना गर्न लागेको कम्पनीका महाप्रवन्धक अनुपमणि ढकालले जानकारी दिए । दुई दिनसम्म चल्ने प्रदर्शनमा सानादेखि ठूला सम्पूर्ण रेन्जका टिपर, बल्कर, ट«ान्जिट मिक्सचर, फोर ह्वील ट«क राखिने ढकालले बताए ।
सिप्रदीले उक्त एक्सपोमा नेपालमा पहिलोपटक ल्याइएको टाटाको एलपिके २५२३ टिपर लन्च गर्दैछ । यो टिपर २ सय ३० हर्ज पावरको रहेको छ ।

कम्पनीले एक्सपोमा गाडी खरिद गर्नेहरुका लागि विभिन्न स्किमको व्यवस्था गरेको ढकाल बताउँछन् । एक्सपोमा एउटा गाडी खरिद गर्नेलाई दुई किलो चाँदी, दुईओटा खरिद गर्नेलाई यामाहा एफजेट मोटरबाइक र तीनवटा खरिद गर्नेलाई एकजना भए युरोप टुर र जोडी भए मोरिससको टुरको अफर दिएको छ । दुई दिन चल्ने एक्सपोमा ६ सय अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ ।