सुरु भयो टाटा मोटर कन्स्ट्रक्सन एक्स्पो (फोटो फिचरसहित)

उद्घाटन सत्रमा सिप्रदीले नेपालमा भित्र्याएको नयाँ टाटा एलपीके २५२३ मोडलको टिपर पनि लन्च गरेको छ । सिप्रदी ट्रेडर्स नेपालका लागि टाटा माटर्सको आधिकारिक विक्रेता हो । यसले नेपालमा आफ्नो ३७ वर्ष पूरा गरेको छ ।

काठमाडौं । सिप्रदी टेडर्सले शुक्रबार दुईदिने ‘टाटा मोटर कन्स्ट्रक्सन एक्स्पो’ सुरु गरेको छ । कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले रिबन काटेर उक्त समारोहको उद्घाटन गरे । सिप्रदीले नेपालमा पहिलोपटक टाटाको कन्स्ट्रक्सन एक्स्पो आयोजना गरेको हो ।

समारोहमा निर्माण व्यवसाय, सिमेन्ट, ढुवानी, खानी तथा इँटा उद्योग क्षेत्रका विभिन्न व्यवसायी तथा सञ्चालकको उपस्थिति थियो । एक्स्पोको प्रमुख उद्देश्य निर्माण क्षेत्रको सोलुसन दिन र टाटाको कन्स्ट्रक्सन एप्लिकेसनहरुलाई साझा गर्नु रहेको कम्पनीका सीईओ श्रेष्ठले बताए । सेवाग्राहीका लागि सिप्रदीले चारवटा मोबाइल वर्कसप बनाएर सेवा दिइरहेको उनको भनाइ छ । मोबाइल वर्कसपमा स्पेयर पार्ट्स स्टकसहित मेन्टेनेन्स सपोर्टको पूर्ण प्याकेज छ । सिप्रदीले टाटाको प्रविधि मेन्टेनेन्सका लागि देशभर दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका उनको भनाइ छ ।

उद्घाटन सत्रमा सिप्रदीले नेपालमा भित्र्याएको नयाँ टाटा एलपीके २५२३ मोडलको टिपर पनि लन्च गरेको छ । सिप्रदी ट्रेडर्स नेपालका लागि टाटा माटर्सको आधिकारिक विक्रेता हो । यसले नेपालमा आफ्नो ३७ वर्ष पूरा गरेको छ ।

टाटाको एलपीके २५२३ ट्रिपर लन्च, यस्ता छन् फिचर र मूल्य
काठमाडौं । सिप्रदी ट्रेडर्सले टाटाको एलपीके २५२३ मोडलको ट्रिपर लन्च गरेको छ । कम्पनीले आज नैकापमा आयोजित दुई दिने कन्स्ट्रक्सन एक्स्पोको उद्घाटन समारोहमा उक्त ट्रिपर नेपाली बजारमा लन्च गरेको हो ।

एलपीके २५२३ मोडलको यो ट्रिपरको इन्जिन क्षमता ५८८३ सीसी छ । यसमा नौं फरवार्ड र एक रिभर्ससहित दस ओटा गियर छन् । यसले २५०० आरपीएममा २१५ एचपीको इन्जिन आउटपुट दिन्छ भने १५०० आरपीएममा ८०० टर्क दिन्छ । यसमा ६ ओटा सिलिन्डर छन् ।

यसमा हाइड्रोलिक पावर स्ट्रिङको प्रयोग गरिएको छ । यसको कुल तौल २५००० किलो छ । यसको फ्युल ट्याङ्क क्षमता ३०० लिटर छ ।
नेपालमा अहिलेका लागि यसको मूल्य ६४ लाख ७५ हजार तोकिएको छ ।