प्रहरीका १४ इन्काउन्टर, जहाँ मारिए गुन्डानाइकेदेखि लागुऔषध दुर्व्यसनीसम्म

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि माफिया शैली मौलायो । त्यसयता राजनीतिको आवरणमा गुन्डागर्दी गर्न सजिलो भयो । त्यसमा राजनीतिक संरक्षण पनि उत्तिकै मिल्यो । राजनीतिक आडमा गुन्डागर्दी मौलाइरहेको अवस्थामा एमालेनिकट गुन्डानाइके चरी र काङ्ग्रेस निकट गुन्डानाइके कुमार घैंटे मारिएपछि भने गुन्डाहरु भागाभाग भए ।

एक समय थियो, जति बेला काठमाडौंलगायत सहरमा गुन्डाराज राम्रै चल्थ्यो । गुन्डागर्दीका कारण प्रहरी पनि हैरान थियो । तर समय सधैं कहाँ एकनास चल्छ र, गुन्डाराज निमिट्यान्न पार्न प्रहरी इन्काउन्टरमै उत्रिन थाल्यो ।

अनि त हो, गुन्डाहरुको राजमा कमी आएको । अपराध घटेको ।

पाँच वर्षयता प्रहरीप्ले नेपालमा १४ ओटा इन्काउन्टर गर्यो । त्यसमा आठ जनाको मृत्यु भयो । आठ भने बाँच्न सफल भए । नेपालमा प्रहरी इन्काउन्टरको इतिहास लामै छ । तर पनि गएको ५ वर्षयता पटकपटक भएका प्रहरी इन्काउन्टरले भने सबैको ध्यान तानेको छ । यो अवधिमा गुन्डानाइकेदेखि अपहणकारी एवम् लागुऔषध दुव्र्यसनीसम्म इन्काउन्टरमा परेका छन् ।

इन्काउन्टर इतिहास

२०३० को दशकमा तराई क्षेत्रमा डाँकाहरुको बिगबिगी थियो । त्यसपछि नेपाल प्रहरीले डाँका तह लगाउन इन्काउन्टर सुरु गरेको पाइन्छ । यतिसम्म कि रुपन्देहीको मर्चवारवासी त घरमा भएका नगद, गहना राति जमिनमुनि अथवा परालको कुन्युमा लुकाएर सुत्थे । र बिहान भएपछि घरभित्र राख्ने गर्दथे ।

२०३८ सालमा अच्युतकृष्ण खरेल रुपन्देहीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर गएका थिए । त्यो सयमा स्थानीय डाँका समूहलाई सीमापारि मात्र डकैती गर्ने सर्तमा संरक्षण दिइएको थियो । डाँकाहरुको यो धन्दा तोड्न प्रहरीले अभियान सुरु गर्यो । अनि, त्यही अभियानअन्तर्गत धमाधम डाँकाहरुको इन्काउन्टर थाल्यो । यही क्रममा ११ डाँका मारिएपछि मर्चवार क्षेत्रका बासिन्दाले शान्तिको सास फेर्न पाए ।

२०६२÷६३ सालमा सीमापारिका अपराधीबाट अपहरण, हत्या, बलात्कार जस्ता घटना बढ्न थालेपछि पर्सामा स्थानीयले नै इन्काउन्टरको माग गरेका थिए । यही समयमा पर्साका प्रहरी प्रमुखको जिम्मेवारी लिएर पुगेका रमेश फुयाँलले दुई जनाको इन्काउन्टर गरे ।

त्यसपछिका प्रमुख भएर गएका जयबहादुर चन्दका पालामा दुई ओटा प्रहरी इन्काउन्टरमा पाँच जनाको मृत्यु भयो । त्यसपछि पनि पर्सामा ६ जनाको मृत्यु भयो । निरन्तरको यी इन्काउन्टका घटनापछि त्यस क्षेत्रमा स्थानीयले राहत महसुस गरे ।

२०३० को दशकमा तराई क्षेत्रमा डाँकाहरुको बिगबिगी थियो । त्यसपछि नेपाल प्रहरीले डाँका तह लगाउन इन्काउन्टर सुरु गरेको पाइन्छ । यतिसम्म कि रुपन्देहीको मर्चवारवासी त घरमा भएका नगद, गहना राति जमिनमुनि अथवा परालको कुन्युमा लुकाएर सुत्थे । र बिहान भएपछि घरभित्र राख्ने गर्दथे ।

तराईमा सशस्त्र समूहको सफायाका क्रममा मात्र २ सय ८१ जना इन्काउन्टरमा मारिएको तथ्याङ्क छ ।

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि माफिया शैली मौलायो । त्यसयता राजनीतिको आवरणमा गुन्डागर्दी गर्न सजिलो भयो । त्यसमा राजनीतिक संरक्षण पनि उत्तिकै मिल्यो । राजनीतिक आडमा गुन्डागर्दी मौलाइरहेको अवस्थामा एमालेनिकट गुन्डानाइके चरी र काङ्ग्रेस निकट गुन्डानाइके कुमार घैंटे मारिएपछि भने गुन्डाहरु भागाभाग भए ।

चरी इन्काउन्टर

२०७१ साउन २३ गते गुन्डानाइके दिनेश अधिकारी ‘चरी’माथि गोली चलायो । त्यहीँ उनको मृत्यु भयो । महानगरीय अपराध महाशाखाले चरीलाई काठमाडौंको भीमढुङ्गामा समात्न खोजेको थियो । तर चरीले प्रहरीमाथि नै गोली चलाए । र प्रहरीले जवाफी कारबाही ग¥यो । र उनी मारिए । लामो समय देखि गुन्डागर्दीमा संलग्न चरी पछिल्लो समय तत्कालीन एमाले युवासङ्घको राजनीतिमा सक्रिय थिए । तर उनले गुन्डागर्दी छाडेका थिएनन् ।

घैंटे इन्काउन्टर

२०७३ भदौ ३ गते काठमाडौंको कपुरधारामा अर्का गुन्डानाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भयो । प्रहरी अपराध महाशाखाको टोली उनलाई त्यहाँ पक्राउ गर्न गएको थियो । तर उनले पेस्तोल ताकेपछि प्रहरीले घैंटेमाथि गोली चलायो । सामाखुसी क्षेत्रलाई आधार बनाएर घैंटेले गुन्डागर्दी गर्दै आएको प्रहरीको भनाइ छ । घैंटेले आफू असुरक्षित भएको भन्दै इन्काउन्टर हुनु एक महिनाअघि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए ।

मनोज पुन इन्काउन्टर

२०७४ फागुन ९ गते रुपन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन र उनका सहयोगी (सुटर) सोम आलेको मृत्यु भयो । हत्या, अपहरण तथा शरीर बन्धक, फिरौती, हातहतियार तथा खरखजना, ब्ल्याकमेलिङ, गुन्डादीगर्दीका आधा दर्जनभन्दा बढी आपराधिक घटनाका अभियुक्त पुनलाई प्रहरीले मोस्ट वान्टेड सूचमा राखी खोजी थालेको थियो ।

२०७० सालदेखि विभिन्न आपराधिक गतिविधिमा उनी संलग्न थिए । त्यसअघि उनी राजनीतिक संरक्षण खोज्दै एमालेको युवा सङ्घमा पनि आबद्ध थिए । त्यसअघि उनी वाईसीएलमा थिए । तर उनी आपराधिक गतिविधिमा संलग्न भएपछि उनलाई युवा सङ्घले कारबाही गरेको थियो ।

२०७३ पुसमा उनकै योजनामा एमालेको भ्रातृसङ्गठन युवा सङ्घका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यसपछि प्रहरीले उनलाई सङ्गठित रुपमा कर्तव्य ज्यान मुद्दा लगाएको छ । त्यसको केही दिनपछि नै मनोजले ८ पुस २०७३ मै इन्टरनेटमार्फत कल गरी एक व्यापारीलाई २० लाख फिरौती माग गरेका थिए । तर ती व्यापारीले आफूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि उनको अपहरण गर्ने धम्की दिएका थिए । पछि मनोजले ती व्यापारीबाट आफ्नो सहयोगी पठाएर २ लाख रुपैयाँ फिरौती असुलेका थिए ।

सङ्गठित रुपमा अपहरण उद्योगमा पनि उनीमाथि मुद्दा दर्ता भएको छ । २० साउन २०७४ मा मनोजकै योजनामा फिरौती नदिएपछि रुपन्देही मणिग्रामका मार्बल व्यवसायीमाथि दुई राउन्ड गोली प्रहार भयो । मनोजले भण्डारीसँग ४० लाख फिरौती मागेका थिए, उक्त फिरौती नदिएपछि तर्साउन उनले भण्डारीमाथि कन्ट्याक्ट सुटर प्रयोग गरी गोली हान्न लगाएका थिए । २१ पुसमा मनोजले नै फर्निचर व्यवसायी वसन्त ‘बलु’ पौडेलको हत्या गराएका थिए । यसबाहेक व्यवसायी शरदकुमार गौचन हत्यामा पनि उनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुको दाबी छ ।

गत वर्षको चैतमा गुन्डा नाइके दाबा लामामाथि राजधानीको गौरीघाटमा भएको गोली प्रहारमा पनि उनकै समूहको संलग्नता रहेको बताइन्छ । यति मात्र होइन, उनले रुपन्देही र काठमाडौंलगायत ठाउँका ठूला व्यापारी तथा व्यवसायीबाट पनि फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिने गरेका थिए । उनले विभिन्न व्यवसायी, व्यापारीहरुलाई अहिले पनि इन्टरनेट कलमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिँदै करोडौं रुपैयाँ फिरौती माग्ने गरेका थिए ।

जैसवाल इन्काउन्टर

२०७४ माघ ९ गते बिहान सप्तरीमा प्रहरी इन्काउन्टरमा तराई मुक्ति मोर्चाका अध्यक्ष दीपेन्द्र जैसवालको मृत्यु भयो । जैसवाले २०७४ सालमा सप्तरीमा प्रहरीको गाडीमा एम्बुस बम विस्फोट गराएको आरोप छ । त्यसैगरी उनीमाथि २०७२ भदौमा सप्तरीमै नेपाल प्रहरीका असई रमेश सुब्बालाई गोली हानी हत्या गरेको आरोप छ । जैसवालले गएको साता मात्र सप्तरीको खडक नगरपालिकास्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्रा यादवमाथि गोली प्रहार गरेका थिए ।

त्यसैले प्रहरीले जैसवाललाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो । सप्तरीबाट राजविराज जाने बाटोमा फेला परेका जयसवाललाई नियन्त्रण लिन खोज्दा प्रहरीमाथि नै गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । प्रहरीले जैसवालको साथबाट एक थान पेस्तोल र गोली बरामद गरेको छ ।

भक्तपुर इन्काउन्टर

जेठमा भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई जना अपहरणकारीको मृत्यु भयो । काँडाघारीबाट ११ वर्षका बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोटका गोपाल तामाङ र अजय तामाङ भक्तपुरको सूर्यविनायकबाट पाइलट बाबा आश्रम जाने बाटोको जङ्गलमा प्रहरी ‘इन्काउन्टर’मा मारिए ।

प्रवीण खत्री इन्काउन्टर

२०७४ साउन २३ मा ललितपुर कुसुन्तीका प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए । लागुऔषध कारोबारको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा दुवै हातमा पेस्तोल देखाउँदै भाग्न खोजेपछि प्रहरीले नियन्त्रण लिन उनीमाथि गोली प्रहार गरेको थियो । सामान्य लागुऔषध कारोबारीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लागेपछि प्रहरीले आफ्नो गोली नभएर खत्रीले आफैं गोली हानी आत्महत्या गरेको जवाफ दियो ।

जो इन्काउन्टरबाट बाँचे

प्रहरी इन्काउन्टरमा मर्नेहरु मात्र छैनन्, त्यसमा बाँच्नेहरुको सङ्ख्या उत्तिकै छ । यहाँ त्यस्ता केही उदाहरण पनि समेटिएको छ ।

अभिसास इन्काउन्टर

गत माघ ९ गते महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले काठमाडौंको नयाँ बसपार्कबाट गोली हानी काभ्रे जिल्ला वाईसीएल अध्यक्ष अविलास तामाङलाई गोली हानी पक्राउ गर्यो । हतियार कारोबार गर्दै गरेको सूचनापछि पक्राउ गर्न गएको प्रहरी टोलीमाथि तामाङले गोली प्रहार गर्न खोजेका थिए । पछि उनलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले बताए ।

जसवन्त इन्काउन्टर

२०७२ असार ९ मा कुमार घैंटेका सहयोगी जसवन्त राईलाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले गोली हानी पक्राउ ग¥यो । व्यापारीलाई धम्क्याउँदै हप्ता असुली तथा विभिन्न अपराधका घटनामा फरार रहेका राईलाई महानगरीय महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि रड प्रहार गरेको थियो । साथै भाग्न खोजेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको बताएको छ ।

छोटेलाल इन्काउन्टर

२०७२ मङ्सिर १३ मा प्रहरीले गोली हानी सुन्धाराको पाहुना गेस्ट हाउसबाट छोटेलाल ठाकुरलाई पक्राउ ग¥यो । नेपाल प्रहरीबाट हतियार नै लिएर भागेका भगौडा प्रहरी जवान ठाकुरले हतियार देखाएर दर्जनौं ठगी गरेको उजुरी थियो । प्रहरीले ठाकुरलाई पक्राउ गर्न खोज्दा उनले गेस्ट हाउसको कोठाभित्रबाटै गोली चलाउन खोजेका थिए । त्यसपछि प्रहरीले ठाकुरमाथि गोली प्रहार गरेको थियो ।

रावणजित इन्काउन्टर

२०७२ असार १९ मा काठमाडौंको सुन्धाराबाट रावणजित लामामाथि प्रहरीले गोली प्रहार ग¥यो । कर्तव्य ज्यान मुद्दामा जेल परेका लामा २०७२ सालको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका थिए । आफ्नो नाममा अर्का व्यक्तिलाई जेलमा राखेर उनी बाहिर बसी विभिन्न आपराधिक गतिविधि गर्ने गरेको खुलेपछि प्रहरीले खोजी थालेको थियो ।

दुर्गा तामाङ इन्काउन्टर

इन्काउन्टर २०७३ फागुन २१ मा नुवाकोटका विशाल तामाङ, मनदोर्जे तामाङ र आङ्दोङ तामाङलाई अपहरण गर्ने दुर्गा तामाङलाई प्रहरीले गोली हानेर समात्यो । तीन युवकलाई बन्धक बनाई फिरौती माग्ने तामाङलाई प्रहरीले नयाँबजारबाट पक्राउ गर्न खोज्दा प्रहरीमाथि उनले आक्रमण गरेका थिए । र पछि प्रहरीले पनि जवाफी कारबाही ग¥यो । त्यसमा उनी घाइते भए ।

अमृत बयलकोटी इन्काउन्टर

२०७३ पुस २३ मा चोरी आतङ्क मच्चाउने अमृत बयलकोटीलाई प्रहरीले गोली हानी गोङ्गबुबाट पक्राउ ग¥यो । अपराध महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली हानेर समातेको हो ।

अशोक लामा इन्काउन्टर

२०७५ जेठ २८ ललितपुरको यूएन पार्कमा ललितपुरका गुन्डानाइके अशोक लामामाथि प्रहरीले गोली चलायो । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न खोज्दा उनले प्रहरीलाई नै आक्रमण गर्न खोजे । र जवाफी कारबाहीअन्तर्गत प्रहरीले लामामाथि गोली चलायो । प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरेको थियो । गुन्डानाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटोलगायत क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।

अम्बरबहादुर तामाङ इन्काउन्टर

७५ असार ७ मा काठमाडौंको बौद्धमा खुँडे भनिने अम्बरबहादुर तामाङमाथि प्रहरीले गोली चलायो । गएको जेठ भक्तपुरबाट एक व्याक्तिको २० लाख रकम लुटेर भागेका तामाङलाई महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रण लिन खोज्दा प्रहरीलाई पेस्तोल ताकेपछि प्रहरीले उनीमाथि गोली चलाएको थियो । प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको थियो ।