ह्वाट्सएपको जस्तै मार्क रिप्लाई फिचर अब म्यासेन्जरमा पनि

फेसबुक म्यासेन्जरमा यदि तपाई कुनै पनि च्याटलाई रिप्लाइ दिन चाहानुहुन्छ भने तपाईले त्यस म्यासेजलाई केही समय दबाइ राख्नुपर्छ जसपछि तपाईलाई रिप्लाईको विकल्प मिल्नेछ ।

एजेन्सी । अब फेसबुकले पनि आफ्नो म्यासेन्जर एपमा ह्वाट्सएपको जस्तै काम गरेर रिप्लाई अर्थात् कोटेड रिप्लाई गर्न सकिने नयाँ फिचर ल्याएको छ । फेसबुकको यो नयाँ फिचरबारे पहिलोपटक भेन्चर विटले रिपोर्ट गरेको थियो तर कतिपयको एन्ड्रोएड एपमा यो फिचर देखिएको छैन भने आइओएस एपमा यो फिचर देखिएको छ । यसका लागि तपाईले फेसबुक म्यासेन्जर एपलाई अपडेट गरेर चेक गर्न सक्नुहुन्छ ।

ह्वाइट्स एपमा स्वाइप गरेर कुनै च्याटलाई मार्क गरेर रिप्लाई गर्न सकिन्छ तर, फेसबुक म्यासेन्जरमा यदि तपाई कुनै पनि च्याटलाई रिप्लाइ दिन चाहानुहुन्छ भने तपाईले त्यस म्यासेजलाई केही समय दबाइ राख्नुपर्छ जसपछि तपाईलाई रिप्लाईको विकल्प मिल्नेछ । त्यसमा क्लिक गरेर तपाई रिप्लाई दिनसक्नु हुनेछ । रिप्लाई गरेपछि वास्तविक म्यासेजमाथि त्यसको तल नयाँ रिप्लाई देखिन्छ । म्यासेन्जरको यो फिचर डेस्कटप भर्जनमा पनि देखिएको छ ।