ड्याट्सनगोको कार नेपाली बजारमा सार्वजनिक , यस्ता छन् फिचर र मूल्य

अत्याधुनिक न्यु क्रोम फिनिस ब्ल्याक इन्टेरियर भएको ड्याटसनको नयाँ कार पछिल्लोको तुलनामा धेरै अपडेट भएर नयाँ फिचरका साथ आएको छ । नयाँ गाडिमा २८ वटा नयाँ फिचर र १ सय भन्दा बढि अपडेटेट फिचर रहेको जनाएको छ ।

काठमाडौं । पायोनर मोटर कर्पले ड्याटसनको नयाँ कार ‘द अल न्यु ड्याटसन गो’ नेपाली बजारमा लन्च गरेको छ । पायोनरले नेपाली बजारमा यो नयाँ मोडलका तीनवटा भेराइटी कारहरु लन्च गरेको हो ।

अत्याधुनिक न्यु क्रोम फिनिस ब्ल्याक इन्टेरियर भएको ड्याटसनको नयाँ कार पछिल्लोको तुलनामा धेरै अपडेट भएर नयाँ फिचरका साथ आएको छ । नयाँ गाडिमा २८ वटा नयाँ फिचर र १ सय भन्दा बढि अपडेटेट फिचर रहेको जनाएको छ ।

कम्पनीले नयाँ ड्याटसन गोमा एन्टि लक ब्रेकिङ सिस्टम एबिएस, इबिडि र ब्रेक एसिस्ट बिएजस्ता क्लासिक फिचर, ड्योल एयरब्याग, अल पावर्स विन्डो, शक्तिशाली ऐना, उच्च प्रभावकारी एसी रहेका छन् ।

यसमा फ्रन्ट डिस्क ब्रेक र रियरड्रम ब्रेक प्रयोग भएका छन् । रियर पार्किङ सेन्सर, एन्ड्रोएड अटो र एप्पलकार प्लेसहितको एड्भान्स इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । किलेस इन्ट्री इलेक्ट्रिकल पावर स्ट्रिङ यसका फिचर रहेका छन् ।

नयाँ ड्याटसन गोमा तीनवटा सिलिण्डर प्रयोग भएका छन् । १ सय ८० ग्राउण्ड क्ल्यिरेन्स भएको नयाँ ड्याटसन गोको टर्निङ रेडियस ४.३ मिटर रहेको छ । १ हजार १ सय ९८ सिसिको यो कारले ५ हजार आरपिएममा ६८ एचपिको पावर दिन्छ भने ४ हजार आरपिएममा १ सय ४ एनएम टर्क दिन्छ । यसको पाँच स्पिड मेन्युएल ट्रान्समिशन रहेको छ ।
नयाँ ड्याटसन गोमा थकान नहुने किसिमका सिटहरु राखिएको पायोनरले दाबी गरेको छ ।

पायोनर कर्पको अनुसार अहिले नयाँ ड्यासन गोको तीनवटा भेराइटी बजारमा रहेका छन् । जसमध्ये न्यु ड्याटसन गो ए ओ को मूल्य २४ लाल ९९ हजार रुपयाँ, ड्याटसन गो टिको मूल्य २५ लाख ९९ हजार रहेको छ । यस्तै ड्याटसन गो टि ओ आगामी डेढ दुई महिनामा नेपाली बजारमा भित्रिने छ । सो कारको मूल्य २६ लाख ९९ हजार रुपयाँ रहेको छ ।